ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बेसहारा बनेकी रबिना मानवसेवा आश्रमको जिम्मामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३, बिहीबार ०७:४१

काठमाडौं-बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । रिपोर्टर्स क्लब नेपालमा समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले पत्रकार सम्मेलन गरेर रबिनालाई उक्त आश्रमको जिम्मा दिएका हुन् ।दलित, महिला र उत्पीडितहरुको हितमा काम गर्दै आएकी समाजसेवी सुनारले रबिनाले राज्यबाट न्याय पाउन नसकेको गुनासो पोखेकी छिन् ।

उनले भनिन्,‘हामीले सामाजिक सञ्जालमा रबिना बादीको दुखान्तपूर्ण भिडियो भेट्यौं, त्यसपछि उहाँको उद्धारमा जुटेका थियौं, नेपालको कानूनले पूर्ण रुपमा दोषी मानिएको छुवाछुतले अझैंपनि समाजमा ब्याप्त जरा गाढिरहेकै छ, राज्यले यस प्रकारको अत्याचारलाई निर्मुल गर्नको लागि कडा सजाय तोक्नुपर्छ ।’उनले भनिन्,‘महिला पुरुषको न्यानो ओछ्यानमात्रै हुन ? के शारिरिक सम्बन्धको लागि मात्रै हुन ? रबिनालाई सूरुमा परिवारको सल्लाहमै बिवाह गरेको र पछि बादीकै छोरी भएको कारण बर्दियाका श्यामलाल ओलीले घर निकाला गरेका छन्, उनलाई प्रहरी प्रशासनले तत्काल प्रक्राउ गरेर कानून बमोजिमको कारबाही गरोस् ।’

पत्रकार सम्मेलनमा पीडित रबिना बादीले श्रीमान श्याम ओलीले सार्वजनिक रुपमा आएर आफू र पाँच महिनाको छोरालाई स्विकार गरोस् भन्ने ईच्छा प्रकट गरेकी छन् ।उनले अघि थपिन्, ‘हिजोको दिनहरुमा हामीले सहमतिमै बिवाह गरेका हौं, आज घरपरिवार सबै मिलेर मलाई अन्यायमा पार्ने खोजियो, पाँच महिनाको छोरा छ, यस बाबुको के दोष छ र ? यसको भविष्य र मेरो जीवनको पूर्ण रुपमा जिम्मा श्यामलाल ओलीले नै लिनुपर्छ, त्यसको लागि सरकारले उनलाई कुन प्रकारको सजाय र जिम्मा दिने हो त्यो गर्नुपर्यो ।’

उनले अघि थपिन्,‘कामको सिलशिलामा नुवाकोट जाउँ भनेर मलाई नेपालगंज बसपार्कमा ल्याएर अपलपत्र पारे, उनी आफू भागेका छन्, कैलाली, बर्दिया र काठमाडौंको प्रशासनले कुनै प्रकारको न्याय दिन सकेन, पछिल्लो समय सरु दिदी लगायतको सहयोगमा म राजधानी आईपुगेकी छु, अब यतै बसेर न्यायको लागि लडाई लड्नेछु ।’कार्यक्रममा समाजसेवी किशोर सुनुवार, मानवसेवा आश्रमका सुमन बर्तौला, महिला तथा बालबालिका सेवा हाउस कैलाली अध्यक्ष जानकी मरासिनि लगायतले पीडित रबिना बादी र उनका पाँच महिनाका छोराको भविष्य सुनिश्चत गर्न सबैलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु