एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

डाक्टर केसीको पक्षमा सडकमा नआउन गगन थापालाई हाम्रो पार्टी नेपालको चेतावनी (प्रेस बिज्ञप्तिसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३ गते, बिहीबार १२:४९

काठामाडौं-हाम्रो पार्टी नेपालले अनशनरत डाक्टर गोविन्द केसीको पक्षमा सडकमा नआउनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद गगन कुमार थापालाई कडा चेतावनी दिएको छ ।पार्टीका संयोजक गोविन्द बोहरा ‘ब्रम्हाण्ड’ले विगत २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको पक्षमा काँग्रेसलाई सडकमा नआउन चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा बिहीबार हाम्रो पार्टी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

विगत ६ महिनादेखि आफूहरु माथेमा आयोगले तयार पारेको चिकित्सा शिक्षा तथा स्वास्थ्य प्रतिवेदनको बिपक्षमा उभिएको बताउँदै ब्रहमाण्डले नेपाली कांग्रेसलाई डा.गोविन्द केसीले बोकेर राजनीति गरेको खण्डमा आफूहरु त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।उनले भने,‘कांग्रेस सत्तामा हुँदा डाक्टर केसीका मागहरु सम्बोधन नगर्ने अहिले आएर राजनीति गर्ने ? साझा विवेकशील, नयाँ शक्तिले पनि ध्यान दिँदा हुन्छ, गगन थापाजी तपाई सडकमा नआउनुहोस्, हामी सडकमा ओर्लिनुपर्यो भने असहज होला, हामी निर्वाचनपछि जन्मेका हौं|

हामीलाई कसैले कमजोर नठाने हुन्छ, देशमा सक्रिय रुपमा रहेका २९ वटा बैदेशिक शक्तिहरुको संरचना ध्वस्त पार्नु आजको खाँचो हो, वैदेशिक शक्तिहरुको ईशरामा नाच्नेहरु होशियार, २००७ सालपछि हाम्रो राष्ट्रियता कमजोर बन्दै गैरहेको छ ।’
डा.गोविन्द केसीको विपक्षमा खरो रुपमा उत्रेका संयोजक ब्रहमाण्डले नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि गोविन्द केसीको पक्षमा काम गरिरहेको आरोप लगाए ।उनले भने,‘जनताका आकांक्षा एकातर्फ छन्, सरकार अर्को बाटोमा छ, सरकारका मन्त्रीहरु गोविन्द केसीको पक्षमा काम गरिरहेका छन्, प्रधानमन्त्रीले फरक अभिव्यक्ति दिईरहेका छन्, मेरो आग्रह छ, प्रधानमन्त्री ओलीले खुट्टा दरिलो तरिकाले टेक्नुपर्छ, कोही मर्ला, को मर्न जालान्, त्यो फरक कुरा हो, संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्छ, मैले यसो भन्दै गर्दा गोविन्द केसी मर्नुपर्छ भनेको होईन, उनी अरुबाट परिचालित हुनुहुँदैन ।’

प्रेस बिज्ञप्ति :

हाम्रो पार्टी नेपालको चिकित्सा बिधयक र अहिलेको बिकशित घट्नाक्रमप्रतिको बारेमा प्रेस बिज्ञप्ति मिति २०७५/४/ ३ गते बिहिवार प्रेस बिज्ञप्ति हाम्रो पार्टी नेपाल,नेपाल राष्ट्रिय स्वाधीनताको रक्षा, विधिको शासन, संबैधानिक सर्वोच्चता,मानव अधिकारको सुनिश्चितता र सामाजिक न्यायको मान्यतालाई अङ्गाल्दै नेपालमा २००७ साल पछाडिवाट वैदेशिक शक्ति हावी भएका छन, तिनिहरुका संरचना २९ वटा छन् ।

वैदेशिक शक्तिका संरचना ध्वस्त पार्दै नेपाललाई वास्तविक सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र नेपाल बनाउने तत्कालिन उद्देश्य बोकि अगाडि चुनाव पछि मात्र औपचारिक रुपमा विकाश भएको पार्टी हो।अतस् पार्टीको उदयसङ्गै निरन्तर कुनै पनि किसिमको रास्ट्रहित बिपरित हुने कार्यको बिरुद्द पार्टीले संघर्ष गरिरहेको छ्र सरकारलाइ सजग बनाउने कार्य गरिरहेको अबगत नै छ । अत आज यसैक्रममा ,हाल निक्कै जल्दोबल्दो बिषय प्रस्तावित चिकित्सा बिधयक, जुन हाम्रो पार्टी नेपालको युवाहरुको संगठन मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चाको उपलब्धि र नेपाली जनताको मर्म अनुरुप चिकित्सा क्षेत्रमा रहेको सिन्डिकेट बिपरित जनताको पक्षमा आएको चिकित्सा बिधयक २०७५ लाई सरकारले अगाडि बढाइरहदाको स्थितिमा, चुनावमा पराजित हुदै सानो आकारमा खुम्चिन पुगेको नेपाली काङ्ग्रेस र त्यस्का नाइके गगन थापा आफुलाइ वैकल्पिक शक्ति दावी गर्ने तर जनताबाट अनुमोदन हुन नसकेको पस्चिमा शक्तिको आडभरोसामा अगाडि बढ्न खोजेको साझा विवेकशिल पार्टीका रविन्द्र मिश्र लगायत केही नेता, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी लगायत ,पस्चिमा शक्तिकै पक्ष पोसक,अधिवक्ता द्वय सुरेन्द्र भन्डारी र ॐ प्रकाश अर्यालहरु जस्ताले हाल प्रस्तावित चिकित्सा बिधयकको बिषयमा सम्सद अबरुद्ध गर्ने जस्ता कार्य गर्दै अवरोध पुर्याइ रहेकाले, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारकालागि सरकारले ठोस योजना बनाइ अगाडि बढ्नु पर्ने परिस्थितिमा,संविधानतस् आम सर्वसाधारण नेपाली जनताको पक्षमा स्वास्थ्य र शिक्षा मौलिक अधिकार भित्र पर्दापर्दै पनि, सरकार कै क्याबिनेट मन्त्री भइकन नेकपाको नेत्रुत्व मा दुई तिहाइ सरकारको कार्ययोजनालाइ धक्का लाग्नेगरी नेपाल सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्री केपि शर्मा ओलि कै बिरुद्द, सरकार बिरोधी डा गोविन्द केसिको पक्षमा अभियान्ता बन्दै, स्वयम् सरकारको शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल खुलेर लागेको देखिन्छ,उनको पछिल्लो कृयाकलापबाट यो पुष्टि हुन्छ ।

यसकारण, शिक्षा मन्त्रीको दोधारे चरित्र र कृयाकलाप प्रती हाम्रो पार्टी नेपाल घोर आपत्ति जनाउद छ र शिक्षा मन्त्रीलाई आग्रह गर्न चाहान्छौ भित्री रुपमा अहिलेको चिकित्सा बिधयकको बिरुद्दमा क्याम्पियन नगर्नु हन अन्तिम पटक बिन्ती गर्दछौ । यति भन्दाभन्दै फेरिपनी शिक्षा मन्त्री स्वयम् चिकित्सा बिधयकको बिरुद्धमा देखिएको खण्डमा अब कुनैपनी चेतावनी समेत नदिई कुनैपनी किसिमको कारबाही गर्न पार्टी बाध्य हुने जानाकारी यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ। अतस् अहिले संघीय सम्सद चलिरहदाको अवस्थामा कार्यसुची तय हुदाहुदै पुन शिक्षा मन्त्री कै अगुवाइमा रोकिनु नै अचम्मको परिस्थिति देखिएको स्पस्ट छ । र पुन भन्छौ काङ्ग्रेसले,साझा विवेकशिल,नयाँ शक्ति पार्टी लगायतले आफ्ना कार्यक्रम फिर्ता लिउन । चिकित्सक संघले पनि अत्यावश्यक सेवामा अबरोध गर्न संविधानले रोक्दारोक्दै संघले स्वास्थ सेवा बन्द गर्ने जस्ता कार्यक्रम राखेकोमा पनि पार्ती घोर आपत्ति जनाउद्छ ।

अतस् हामिले बिनम्र आग्रह पुवर्क भन्दा अटेर कसैले गर्छ भने, पार्टीको कार्यदिशामा टेकेर वैधानिक विद्रोहको परिधी भित्र रहि, यथा स्थानमा प्रतिरोध गर्ने जानकारी गराउदछौ । अन्त्यमा डाक्टर गोविन्द केसि राज्यको कानुन उल्लंघन कार्यमा अगाडी देखिन्छन । जस्तै आम नागरिकको स्वास्थ उपचार पाइरहेको थलो हस्पिटल, सार्वजनिक महत्वको स्थान,जाहा सरकारले बन्द हड्ताल लगायत कुनैपनी किसिमको प्रदर्शन गर्न रोक लगाएको छ त्यस्ता स्थानमा उनि सरकार बिरोधी कार्यक्रम गरिरहन्छन । अत उनी स्वयम् आफै सरकारी कर्मचारी हुदाहुदै पनि सरकारकै बिरुद्ध प्रदर्सन गरिरहने, पटक पटक कानुन उल्लंघन गरिरहने हुनाले,उनिलाइ तुरुन्त पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसङ्ग जोडदार माग गर्दछौ । हाम्रो प्रतिबद्धता छ । ३ हामी जे गर्छौ रास्ट्र र राष्ट्रियताको रक्षाको निमित्त गर्छौ । ३ देशमा उद्योग ,काकारखाना ,शैक्षिक शस्थाहरु बाटो,पुल पुलेसाहरु बन्नु पर्छ । रास्ट्रको बिकाश आधार तयार गर्नु छ । यो अभियान नेपाल रास्ट्र र सार्वभौम नेपाली समृद्ध नभएसम्म नरोकिने प्रतिबद्धता जनाउदछौ । अन्त्यमा/ चिकित्सा क्षेत्रमा सिन्डिकेट हटाउन,पत्रकार, मानवअधिकारवादी, एवम् सरोकारवाला पक्ष सहित आम नेपालिहरुको, हामी आगामी समयमा पनि यसैगरि निरन्तर साथ सहयोग र समर्थनको अपेक्षा राख्दछौ , धन्यवाद । संयोजक -ब्रम्हाण्ड हाम्रो पार्टी नेपाल सम्पर्क 9860263646 / 9808211898

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु