एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

दर्शक श्रोता नेपालको तेस्रो साधारणसभामा दर्जनौं व्यक्ति सम्मानित हुँदै, को–को परे सम्मानित हुनेमा (सूचि सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ७ गते, सोमबार १३:५६

काठमाडौं–नेपाली मौलिक कला संस्कृतिको संरक्षण विकास र पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने नारा लिएर करिव चार वर्ष अगाडी स्थापना भएको सामाजिक संस्था दर्शक श्रोता नेपालको तेस्रो साधारण सभा यहि श्रावण १२ गते शनिवार काठमाडौंमा सम्पन्न हुने भएको छ ।

उक्त कार्यक्रममा आगामी वर्षको वार्षिक कार्य योजना निर्माण, आव २०७४/७५ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, कार्यसमितिमा केहि हेरफेर गर्ने लगायतका प्रस्ताव पेश गरिने संस्थाका अध्यक्ष केशव भट्टले जानकारि दिए ।

त्यस्तै, साधारण सभामा सभाको उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक सदश्यहरुलाई सम्मान गरिने र प्रमाण पत्र लिन वांकि आजिवन सदश्यहरुलाई सम्मान पत्र र आजिवन सदश्यताको प्रमाण पत्र प्रदान गरिने संस्थाका उपाध्यक्ष सन्तोष बजगाईले बताएका छन् ।

सम्मान पत्र प्रदान गरिनेहरुमा संस्थाका संस्थापक सदस्यहरु रहने छन् । तत्कालिन कार्यसमीति अध्यक्ष केशव भट्ट, उपाध्यक्ष सन्तोष बजगाई, महासचिव केशर विश्वकर्मा, सचिव पार्वती तीवारी, कोषाध्यक्ष भवानी राउत, सह–कोषाध्यक्ष रञ्जना अधिकारि र सदश्यहरुमा सविना सिवाकोटि, भरत विश्वकर्मा, जीवन थापा, जीत वहादुर राई र पृथ्वी पुलामी मगर रहेका छन् ।

त्यस्तै सो अवसरमा २०७५ असार मसान्तभित्र सदश्यता नविकरण गराउने सवै सदश्यहरुलाई संस्थाको तर्फवाट परिचय पत्र प्रदान गरिने र संस्थाको आधिकारिक वेभसाईट समेत सार्वजनिक गरिने संस्थाका महासचिव केशर विश्वकर्माले जानकारि दिए । महासचिव विश्वकर्माका अनुसार संस्थाको वेभसाईट निर्माण गर्ने कम्पनी क्यानोपस टेक्नोलोजीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

साधारण सभा मा सहभागी हुन सवै विभाग तथा संस्थाका जिल्ला समितिहरुलाई खवर गरिसकेको संस्थाले जनाएको छ । दर्शक श्रोता नेपालले विगत देखि नै नेपाली गीत संगीतको क्षेत्रमा आएका विकृतिहरु न्युनिकरण गर्ने तर्फ र गीत संगीतमा पनि अनिवार्य सेन्सर वोर्ड हुनु पर्छ भन्दै आवाज उठाउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु