स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

अशोक दर्जीलाई स्वरसम्राट बनाऔं : टिका बुढाथोकी (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ८, मंगलवार ०७:०८

काठमाडौं-‘स्टुडियो नाईन’ का निर्देशक टिका बुढाथोकीले पछिल्लो समयका चर्चित तथा लोकप्रिय बाल गायक अशोक दर्जीलाई ‘स्वर सम्राट अशोक’ बनाउनको लागि साथ दिन आग्रह गरेका छन् |रिपोेर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बुढाथोकीले केही दिन अघि भाईरल भएको अडियोलाई नितान्तै व्यक्तिगत मामिला भएको दाबी गरेका छन् ।

उनले भने,‘अशोक दर्जीको बारेमा हामीले जुन भूमिका खेलेका छौं, त्यसको फरक मूल्याङ्कन होला र छ, तर मैले यति भन्दिन कि अशोक भाईलाई हामीले ल्याएका हौं, हामीले उनको नाममा जेपनि गर्न पाउनुपर्छ ।’उनले अघि थपे,‘अशोक र उनको भविष्यसँग खेल्नु अपराधपूर्ण कार्य हो, यो बिल्कुल कानून, अधिकारविपरित कुरा हो, मैले कुनै व्यक्तिसंग कुनै एउटा योजना सम्पन्न गर्नको लागि गरिएको सम्वाद थियो, आज म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदछु, अशोकलाई आगामी तीन महिनापछि कस्तो मानिस बनाउने ?

अशोक सम्राट बनाउने की, हिजोकै स्थितिमा फर्काउने ? यस्ता कुराहरुमा ध्यान दिनुपर्छ, मानिसको जिन्दगीमा प्रत्येक पाईलमा परिचय बदलिरहेको हुन्छ, कतिबेला के काममा भईन्छ, कतिखेर के बोलिन्छ, त्यो व्यक्तिगत कुरा हो ।’अशोक दर्जीको नाममा आएको पैसाको बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा बुढाथोकीले भने,‘अशोको नामको पैसा करोडौं आएको छैन्, १५ देशि २० लाखसम्म आएको छ, तर यहाँ त यति ठूलो बनाईँदैछ कि अशोकको नाममा टिका र टंकले सबै खाए, त्यो गलत छ, मलाई लगाईएका आरोपहरुको विवादित कुराहरुको सार फरक छ, खातामा आर्थिक कुराको बारेमा केही दिनमा हिसाब सार्वजनिक गर्नेछौं, टंक बुढाथोकी पनि बाहिर छन्, मसँग जोडिएको कुराहरु भएका कारण यहाँ ममात्रै आएको हुँ ।’

भिडियो:

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु