प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

चौबीस करोड राजश्व संकलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ८, मंगलवार ०८:५४

इनरुवा/रासस-सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९।६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिनुभयो ।

गत आवमा रु १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा रु ५१ लाख ३७ हजार, भदौमा रु एक करोड ८६ लाख ५३ हजार, असोजमा रु दुई करोड १२ लाख ६५ हजार, कात्तिकमा रु दुई करोड छ लाख ७३ हजार र मंसिरमा रु दुई करोड २१ लाख ७९ हजार राजश्व संकलन गरेको थियो ।

यस्तै पुसमा रु दुई करोड ४६ लाख तीन हजार, माघमा रु दुई करोड ७५ लाख ४१ हजार, फागुनमा रु एक करोड ६७ लाख नौ हजार, चैतमा रु एक करोड ८५ लाख ४७ हजार र वैशाखमा रु दुई करोड ३४ लाख ६३ हजार राजश्व संकलन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु