भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

त्रिवि शिक्षण अस्पताल परिसरमा छुट्टा छुट्टै र्याली र अनसन, सरकार मौन(फोटो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ८ गते, मंगलवार ०९:०६

भगवती तिमल्सिना, काठमाडौं-प्रा.डा.गोविन्द केसीको अमारण अनसनप्रति सरकारले व्यवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ, त्रिवि शिक्षण अस्पतालका आवासिय चिकित्सक, नागरिक समाज, सर्वसाधारणले आज १० बजेबाट त्रिवि शिक्षण अस्पताल डा.केसी आमरण बसेको भवन अगाडि अनसन शुरु गरेका छन् ।

डा.केसीले आमरण अनसन बस्नुभएको आज २५ औं दिन पनि केपी ओली सरकारले चाहिदो नचाहिदो आरोप प्रत्यारोपमा समय खर्चेर वार्तालाई व्यवास्ता गर्दै छ । यता डा.केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै गम्भिर बन्दै गएको उपचारमा संलग्न चिकित्सक डा.दिब्या सिंह शाहले बताउनुभयो ।

यतिबेला अनसनमा आवासिय चिकित्सकहरुले ओपीडी सेवामा कामै नगर्ने उद्घोष गर्दै सरिक भएका छन् । नेपाल चिकित्सक संघले पनि देशै भरि आफ्ना शाखा र चिकित्सकहरुलाई आजबाट ओपिडि सेवामा सरिक नहुन र अन्य तरिकाबाट बिरामीलाई सेवा दिन निर्देशन दिएको छ ।

अनसनमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तीराम श्रेष्ठ, पूर्व अध्यक्ष डा.केदार नर्सिङ केसी, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका आवासिय चिकित्सक, सर्वसाधारणको भीड लागेको छ । झण्डै डेड सय जना अनसनमा सहभागी भएका छन् ।
अनसनमा बस्नुभएका डा.मुक्तीराम श्रेष्ठले कसैको धम्कीसँग नडराउनुस, सतय को जित अवश्य हुनैपर्छ, हिजो सम्पूर्ण दलका नेताले गरेको सम्झौता आज व्यवास्था गर्नुको पछाडि गहिरो षडयन्त्र भएको छ भन्नुभयो । उहाँले चिकित्सक संघलाई अभिभावको रुपमा सबैले साथ दिनुपर्छ र भोली कसैले बिरोध गरेमा हामी अघि बढ्ने आधार हुन्छ भन्नुभयो ।

मौन सरकारको बिरोधमा चिकित्सकहरु एप्रोन लगाएर मुखमा कालोपट्टी बाँधेर अस्पताल त्रिवि शिक्षण अस्पताल अगाडि र्यालीमा निस्केका छन् । यतिबेला त्रिवि शिक्षण अस्पताल परिसरमा कोही र्यालीमा त कोही अनसनमा बसेको दृश्य देखिन्छ ।

-newsofnepalबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु