सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

आइतबार देखि बन्द भएको लाइसेन्सको आवेदन खुल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ८ गते, मंगलवार १२:२०

काठमाडौं–करिब डेढ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को आवेदन आगामी आइतबारदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागले साउन १३ गतेदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो।

विभागका निर्देशन तुलसीराम अर्यालका अनुसार उपत्यकासहित देशैभरीका कार्यालयमा अआइतबारदेखि नयाँ लाइसेन्सका लागि आवेदन खुलाउने निर्णय भएको छ।गत जेठ २३ गतेदेखि विभागले आवेदन बन्द गरेको थियो। लिखित परिक्षा पास भएर ट्रायलमा फेल भएकाहरुलाई पुनः ट्रायल गराउन र राजश्व लगायत हिसाब मिलान गर्नुपर्ने भन्दै नयाँ आवेदन रोकिएको थियो।

अहिले लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्ने विभागले जनाएको छ। विभागको वेभसाइडमा गएर फर्म भर्नुपर्ने हुन्छ।उपत्यकामा एकान्तकुनासहित स्वयम्भु, सुकेधारा तथा जगातीस्थित यातायात कार्यालयबाट लाइसेन्सको परिक्षा तथा ट्रायल हुुने गरेको छ।

२ लाख चालक चिटको भरमासमयमा लाइसेन्स प्रिन्ट नहुँदा करिब २ लाख चालकहरु ट्रायल पास गरेको चिटको आधारमा सवारी चलाइरहेका छन्। स्मार्ट लाइसेन्स छाप्ने ठेक्का पाएको भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सका कारण सर्वसाधरणले समस्या भोगिरहेका हुन्।मद्रास प्रिन्टर्सले थोरै मात्र प्रिन्टर ल्याएको र भएका पनि बिग्रिरहने भएकाले लाइसेन्स प्रिन्टमा समस्या भएको हो।

एक वर्षअघि ट्रायल पास गरेका चालकहरुले समेत लाइसेन्स पाउन सकेका छैनन्।मद्रासले सुरुमा कमसल र त्रुटिपूर्ण लाइसेन्स छापेको थियो। पछि सम्झौताअनुसार प्रिन्टर नल्याउँदा समस्या भएको यातायात व्यवस्था विभाग स्रोत बताउँछ।विभागका निर्देशक अर्याल भने सो कम्पनीले नयाँ प्रिन्टरहरु ल्याइसकेकाले अब समस्या नहुने दाबी गर्छन्।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु