तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

अमेरीकाबाट सर्मिला पोखरेल (सरु) ले लेखिन यस्तो कविता “तिम्रो मन”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ११, शुक्रबार ११:३१

सन्तोष बजगाई
काठमाण्डौं–रोजगारिको शिलशिलामा अमेरीकामा बस्दै आएकी नुवाकोटकी चेली सर्मीला पोखरेल संगीत र साहित्यमा चासो राख्ने मान्छे हुन् । आज तिनै सर्मिलाले आफ्नो फुर्सदको समयको सदुपयोग गरि एउटा कविता लेखेकी छन् । त्यहि कविताको हरफ याहाँहरुको लागि …….

“तिम्रो मन”
किन सानु यति धेरै कठोर छ तिम्रो मन
धेरै धेरै कमाउँछौ की, क्या हो तिम्ले धन
किन किन बदलियो तिम्रो मन, माया तिम्रो मन ।

कि त मलाई भुल्यौ की,
कि त अन्तै माया जाल बुनेउ की
किन किन बदलियो तिम्रो मन, माया तिम्रो मन ।

कि कसैको कुरा पो सुन्यौकी,
कि त अन्तै मायामा भुल्यौ की
किन किन बदलियो तिम्रो मन, माया तिम्रो मन ।

किन किन बोल्दा पनि रिसाउँछौं,
न त कहिल्यै मनमा माया देखाउँछौ
किन किन बदलियो तिम्रो मन, माया तिम्रो मन ।

किन किन बोल्दापनि झर्किन्छौ,
यसै यसै किन तर्किन्छौ, माया किन तर्किन्छौ
किन किन बदलियो तिम्रो मन, माया तिम्रो मन ।

सर्मिला पोखरेल (सरु)
जन्मस्थान नुवाकोट नेपाल
हाल अमेरिकाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु