स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

दर्शक श्रोता नेपालको तेस्रो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १२, शनिबार १३:३८
काठमाण्डौं–दर्शक श्रोता नेपालको तेस्रो साधारण सभा तथा सम्मान कार्यक्रम सभ्यताका साथ सम्पन्न भएको छ । साउन १२ गते काठमाण्डौंको भृकुटिमण्डपस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा समाजसेवि नृप बहादुर शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सफलताका साथ सम्पन्न भएको संस्थाका अध्यक्ष केशव भट्टले बताएका छन् ।
संस्थाका महासचिव केशरलाल विश्वकर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष सन्तोष बजगाईले कार्यक्रमका माझ संस्थाको कार्यप्रगति विवरण र भावि कार्ययोजना प्रस्तुत गर्नुका साथै स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य ओम भण्डारी, अजय अलङ्कार कुलुङले संस्थाले गरेको कार्यप्रति मुक्त कण्ठले प्रसंसा गर्दै आगामी दिनमापनि संस्था निरन्तर अघि बढ्नेमा आशा व्यक्त गर्दै प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरुलाई सम्मान–पत्र वितरण गरिनुका साथै आजिवन सदस्यलाईपनि प्रमाणपत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष केशव भट्ट, उपाध्यक्ष सन्तोष बजगाई, महासचिव केशरलाल विश्वकर्मा, सचिव पार्वति तिवारी, कोषाध्यक्ष भवानी राउत, सह–कोषाध्यक्ष रञ्जना अधिकारी लगायत संस्थापक सदस्यहरु र आजिवन सदस्य श्याम प्रसाद घिमिरे र वेवसाईट निर्माण गरिदिने संस्थालाई समेत सम्मान गरेकोे छ ।
उक्त कार्यक्रमको अर्को खण्ड अन्तर्गत बन्दसत्रमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । तत पश्चात कार्यसमितीमाथी साधारण हेरफेर भएको छ । आएका प्रस्तावमाथि छलफल पश्चात कार्यसमितीमा हेरफेर, ललितपुर जिल्ला समिती खारेज, विभिन्न विभागहरु र समितीहरु खारेज गरी विधान सवद्ध अघि बढ्ने संस्थाले प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रेष विज्ञप्ती

नेपाली मौलिक कला संस्कृतिको संरक्षण र दिगो विकासका लागि हाम्रो अभियान” भन्ने मुल नाराका साथ विगत केहि वर्ष अघि स्थापना भएको दर्शक श्रोता नेपाल नेपाली सांस्कृतिक अभियान हो । दर्शक श्रोता नेपालको स्थापना नेपाली कला संस्कृतिको क्षेत्रमा आएको विकृति, छाडापन र विसंगतीको विरुद आवाज बुलन्ध गर्न समाजसेवामा कृयाशिल तपाई हाम्रै पहलमा भएको थियो । र स्थापना देखि नै यस संस्थाले विकृति समाजमा नपच्ने खालका व्यवहारको सार्वजनिक रुपमा विरोध गर्दै आएको ईतिहास स्मरण गराउन चाहान्छौ । समाजमा आएका विकृतिको विरुद हिजोको दिनमा बोल्दा विशेष गरेर विकृति जन्य अपच्य गीतहरुको विरुद बोल्दा कयौं धम्की तथा असहयोगको बाबजुत पनि कहिल्यै पछि नहटि निरन्तर रुपमा विकृतिको विरुद लागेको त्यस क्षणको दर्शक श्रोता नेपाल र आम नेपाली नागरिक जस्लाई हाम्रो कला संस्कृतिको अत्यन्तै माया छ उहाँहरुले कदापी भुल्नुहुने छैन ।
हिजोको विशम परिस्थितिमा रतिभर नडराई निरन्तर विकृति र विसंगतीको विरुद बोल्नुको परिणाम आज हामी यो स्थानसम्म आएका छौं । र यसको मुल्यांकन ईतिहासले अवस्य गर्ने छ ।
विगतका दिनमा नेपाली लोक गीत संगीत क्षेत्रमा आएको व्यापक विकृतिको अन्त्य गर्न राज्यस्थरबाटै व्यापक पहलको खाँचो महसुस गर्दै दर्शक श्रोता नेपालले काठमाण्डौको हरेक चोक र गल्लिहरुमा पर्चा वितरण गरि एक महिने हस्ताक्षर अभियान नै सञ्चालन गरि त्यो हस्ताक्षर संस्कृति मन्त्रालयमा बुझाएका थियौं । त्यसैको परिणाम स्वरुप हाम्रो मागको बारेमा राज्य अतयन्तै सम्वेदनशिल बनि गीत संगीत क्षेत्रमा सेन्सर बोर्डको आवश्यकता महशुस गरि यस क्षेत्रमा केहि कदम अघि बढाएको छ र यसमा हाम्रो निरन्तर खवरदारीको अहिलेपनि उतिकै खाँचो रहेको छ । यो काम ईतिहासमै पहिलो र सफल एवं सहासिक कार्यको रुपमा हाम्रो संस्थाले मुल्यांकन गरेको छ । ईतिहासमा यस्तो कार्य यसअघि कहिँ कतै र कसैबाटपनि भएको थिएन । यो कार्यको सुरुवात हामीबाटै भएकोमा हामी निकै गर्व महसुस गछौं ।
मौलिकताको संरक्षण गरि सकारात्मक संस्कृतिलाई जोगाईराख्नु हाम्रो परम कर्तव्य हो । सोहि कर्तव्य पुरा गर्न हामीले विगत र वर्तमानमापनि उतिकै कार्यहरु गर्दै आएका छौ र आगामी दिनहरुमापनि यसलाई निरन्तरता दिनेमा हाम्रो प्रतिवद्धता जाहेर गर्दछौं ।
केहिवर्ष अघि तीजगीतको नाममा समाजलाई अतिरन्जीत पार्ने किसिमको भिडियो म्यूजिक नेपालले आफ्नो च्यानल मार्फत सार्वजानीक गरेकोमा व्यापक विरोध पछि उक्त गीत सबै रेडियो टेलिभिजनबाट बन्द गराउन सफल भएका थियौं । उक्त अभियान सफल तुल्याउन सहयोगी भूमिका निर्वाह गर्नुहुने रेडियो टेलिभिजन तथा त्यसमा लोक गीतका कार्यक्रम सञ्चालन गर्नुहुने सञ्चारकर्मी साथिहरुको त्यो साथ यस संस्थाले कहिल्यै भुल्ने छैन । र आगमी दिनहरुमापनि निरन्तर सहकार्य रहने छ ।
यसरी समाजमा आउने र समाजलाई नपच्ने किसिमका गीत संगीतलाई सधैं खुलेर विरोध गर्ने हिम्मत हामीले हार्नु हुर्दैन र हामी यस अभियानको लागि सधैं तयार छौं । यस अभियानमा सबै तह र तप्काबाट साथ सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौं ।
दर्शक श्रोता नेपाल 
काठमाण्डौं, नेपाल ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु