तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

त्रिविमा वेरुजु घटाउने सफ्टवेयर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १४, सोमबार ०६:४०

काठमाडौं -त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।
त्रिवि अन्तर्गतका ३० वटा निकायहरुमा उक्त सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको छ ।

सफ्टवेयर सञ्चालन कार्यक्रमलाई सम्वोधन गर्दै त्रि.वि.का रजिष्टार डिल्लीराम उप्रेतीले आन्तरिक लेखा परिक्षण कार्यलाई समयमै सम्पन्न गरी समयमै महालेखा परिक्षण गराई वेरुजु घटाउन सम्पूर्ण मातहतका निकायहरुलाई निर्देशन दिनुभएको थियो । आर्थिक अनुसाशन र पारदर्शितामा कुनै पनि वहानावाजी नचल्ने भन्दै उहाँले समयमै आन्तिरक एवं वाह्य लेखापरिक्षण हुन नसक्ने निकायको बजेट निकासा रोक्ने चेतावनी समेत दिनुभएको थियो ।

कार्यक्रममा नायव महालेखा परिक्षक विवेकानन्द घिमिरेले त्रिविमा हुने गरेको वेरुजुका किसिम र वेरुजु नियन्त्रणका उपायका वारेमो उपस्थित लेखामा कार्यरत कर्मचारीहरुलाई जानकारी गराउनुभएको थियो । त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सवैलाई अनुरोध गर्दै त्रिवि जस्ता उच्च शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरमा रही काम गर्न समेत सजग गराउनुभएको थियो ।

कार्यक्रममा लेखापरिक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्र बहादुर श्रेष्ठले त्रिवि हुने वेरुजुको प्रकृति र वेरुजु नियन्त्रणमा भइरहेको प्रयासहरुका वारेमा जानकारी गराउदै लामो समयदेखि प्रयत्न गरिएको सफ््टवेयर सञ्चालनमा त्रिविमा हुने गरेको वेरुजुको अवस्थामा अत्यधिक सुधार हुने अपेक्षा गर्नुभयो ।कार्यक्रममा आर्थिक प्रशासन महाशाखाका प्रमुख कुमार प्रसाद हुमागाईले आर्थिक कार्यविधिको पालना कडाईसाथ लागु गरी त्रिविलाई आर्थिकरुपमा अनुशासित संस्थाको रुपमा अघि वढाउन सम्पूर्ण कर्मचारहरुमा अनुरोध गर्नुभएको थियो ।

प्रविधिको प्रयोगद्धारा संस्थालाई पारदर्शि एवं जिम्मेवार बनाउन सकिने भन्दै त्रिवि सूचना केन्द्रका प्रमुख दीपकबहादुर शाहीले सफ्टवेयर सञ्चालनमा सूचना केन्द्रको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको । कार्यक्रममा लेखापरिक्षण महाशाखाका सह–आर्थिक नियन्त्रक नारायणवहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उप आर्थिक नियन्त्रण रुपा श्रेष्ठले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु