रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

पत्रकार थापाको “शिरै लाउनी शिरफुल मेरो “तीज गीत बजारमा (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १४, सोमबार ०६:५६

पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा बिकृती भित्रीएको भन्ने जनजुनासो आईरहेका बेला पत्रकार गीता थापाको टिपिकल तीज गीत शिरै लाउनी शिरफुल मेरो बजारमा आएको छ ।

भर्खरै मात्र बजारमा आएको गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक के.सी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय रहेको छ ।

पछिल्लो समय गायक सँगै म्युजिक भिडियो निर्देशनमा पनि जमेका मानसिंह खड्काकोे निर्देशन रहेको गीतमा राजेन्द्र, दिपाशा, सुरेन्द्र, स्वस्तीका, आकाश र शान्तीको नृत्य देख्न सकिन्छ । गीत म्युजिक नेपालको युटुव च्यानलबाट बजारमा आएको हो ।

सुर्खेत स्थायी घर भएकी पत्रकार थापाका यसअघि पनि केही गीत बजारमा आएका छन् । पहिलो गीत मात्र तिम्रो कारण र दोस्रोे गीत पूर्व अनि पश्चिम हुनाले लगायतका गीत बजारमा छन् । जुन गीत मध्य र सुदुरपश्चिममा अत्याधिक रुचाईएको थियो ।

पत्रकारिता सँगै गायन क्षेत्रमा पनि आफूलाई स्थापित बनाउन खोजिरहेकी थापालाई सफलता मिलोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु