भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १६ गते, बुधबार ०८:०१

कीर्र्तिपुर -त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ ।केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत श्रावण २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो । संशोधित पारिश्रमिक श्रावण ६ गतेदेखि सञ्चालन हुने चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।

संशोधित पारिश्रमिकमा स्नातक तथा प्रविणता प्रमाण पत्र तहको परीक्षामा केन्द्रध्याक्षको लागि ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको ३ सयबाट बढाएर ६ सय, पर्यवेक्षकको ३ सयबाट वृद्धि गरी ६ सय, निरीक्षकको २ सय ५० बाट वृद्धि गरी ५ सय कायम गरिएको छ । कम्तिमा २१ जना विद्यार्थी बराबर १ जना निरीक्षकको व्यवस्था हुनेछ । त्यस्तै परीक्षा शाखाहरुमा कार्यरत कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय कायम गरिएको छ भने सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाँ रहेकोमा अब प्रति सुरक्षाकर्मी रु. एक सय तोकिएको छ ।

यसैगरी कार्यालय सहयोगीहरुको लागि ७५ रुपैयालाई वृद्धि गरी १ सय ५० रुपैया प्रतिदिन पारिश्रमिक कायम भएको छ ।
यसैगरी स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा हुने खर्चमा पनि हेरफेर भएको छ । जसमा केन्द्राध्यक्षको ६ सयबाट वृद्धि भई एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको ४ सयबाट वृद्धि भई ८ सय, निरीक्षकको ३ सयबाट वृद्धि गरी ६ सय कायम गरिएको छ । यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षण रहने व्यवस्था छ । परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको हकमा १ सय २५ रुपैयाबाट वृद्धि गरी २ सय ५० रुपैया, सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाबाट वृद्धि गरी एक सय र कार्यालय सहयोगीहरुको लागि ८० रुपैयाबाट वृद्धि गरी १ सय ६० रुपैया पारिश्रमिक कायम गरिएको जनाइएको छ । यो पारिश्रमिक वार्षिक प्रणाली अनुसारको परीक्षामा मात्र लागु हुने बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु