स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

सरकारप्रति आशावादी छौं, समर्थन फिर्ता लिने कुनै योजना छैन: महतो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १६, बुधबार ०८:१८

काठमाडौं-राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता महतोले नेता महतोले भने,‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं । सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाढि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला । तर अहिले हाम्रो कुनै योजना छैन ।’

पार्टीको नेतृत्व सहमतिमै चयन गर्छौ, प्रतिष्पर्धा हुँदैन्

महतोले आफ्नो पार्टी अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘हामी सरकारमा जाने कुनै सम्भावना छैन ।’ सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरु पूर्ण रुपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको उनले बताए । महतोले थपे,‘अहिले नै दबाई गर्ने बेला भएको छैन्।’पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए । उनले भने,‘हामी सहमतिमै महाधिवेशन सम्पन्न र्छौं । पार्टीको नेतृत्व र संगठनात्मक संरचनापनि सहमतिमै टुँगो लगाउँछौं ।’ पार्टीको नेतृत्वको लागि प्रतिष्पर्धा नहुने उनको ठोकुवा छ । उनले भने,‘पार्टीको नेतृत्व हामी सहमतिमै टुँगो लगाउँछौं । कुनै प्रतिष्पर्धा हुँदैन । अध्यक्ष मण्डल रहने वा नरहने भन्ने कुरापनि हामी सहमतिबाटै टुँगो लगाउँछौं । पार्टीको निर्णय सामूहिक प्रक्रियाबाट अगाडि बढाउँछौं।’

फोरमसँग एकता हुनको लागि उपेन्द्र यादव सडकमा आउनुपर्छ

वर्तमान सरकारले काम नगरेकोमा आफूहरुको असन्तुष्ट रहेको उनको भनाई छ । उनले भने,‘सरकारसँग दुई तिहाई छ । हामी हाम्रो माग र सवालहरु पूरा गराउनको लागि दबाब दिईरहन्छौं । भर्खरैमात्रै पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिमाईण्डर गराएका छौं । मुलुकको समस्या समाधान गर्नुहोस । दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरु संविधान संशोधनमार्फत हल गर्नुहोस भनेर दबाब दिएका छौं । अहिलेसम्म संविधानको पालना भएको छैन । जनताले नागरिकता पाएका छैनन् । जन्मसिद्ध नागरिकले पनि नागरिकता पाएका छैनन् ।’मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाईएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई गर्नपनि आफूहरुले दबाब दिएको उनले सुनाए । उनले भने,‘१५/२० हजार मान्छे मार्नेहरु प्रधानमन्त्री भैसके । उनीहरुलाई रेड कार्पेट ओछ्याईसके । यही हो लोकतन्त्र ? रेशम चौधरीलाई अहिलेसम्म सांसदको प्रमाणपत्र बुझ्ने वातावरण बनाईएन ? सरकारको भनाई र गराईमा एकरुपता हुनुपर्छ । भन्ने एउटा अनि गर्ने अर्को गर्नुभएन ।’सरकारलाई दिएको रिमाईण्डरपनि कुनै सुनुवाई नभए आफूहरु कडाईका साथ अल्टिमेट दिएर अघि बढ्ने उनको चेतावनी थियो ।

नेता महतोले नेपालले दुवै छिमेकी मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिँदै भने,‘हामीले भारत र चीन दुवै छिमेकीसँग सुमधुर सम्बन्ध राख्नुपर्छ । दुवै छिमेकीसँग हाम्रो नङ र मासुजस्तो सम्बन्ध छ । हामीले दुवैसँग अति विश्वसनीय सम्बन्ध राख्नुपर्छ । दुईवटै छिमेकीसँग निकटतम् सम्बन्ध राख्नुपर्छ ।’काठमाडौंमा भारत र चीन कुन देशबाट पहिले रेल आउँछ त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘कुन रेल आउँछ, के–के आउँछ, रेल, जहाज, कहिले आउँछ भन्ने कुरा सरकारलाई सोध्नुहोस । जहिले आउँछ, आउँछ । जनताले हेरिरहेका छन्, विकास हुनु राम्रो कुरा हो ।’
फरक प्रसँगमा उनले राजपा र फोरमबीचको एकताको पनि अहिले कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘उपेन्द्र यादवजी सरकारमा हुनुहुन्छ, हामी सडकमा छौं । अनि कसरी एकता हुन्छ ?

त्यसैले अहिले एकता सम्भव छैन । एकताको लागि त उपेन्द्रजी हामी बसेको ठाउँमा आए हुन्छ ।’ यद्धपी उनले प्रदेश नम्बर २ को सरकारमा राजपा र फोरमको गठबन्धन भने कायमै रहने विश्वास दिलाए । उनले भने,‘५ वर्षमात्रै होईन, १० वर्षसम्म रहन्छ।’त्यस्तै उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगको आफ्नो पार्टीको सम्बन्धपनि गुण र दोषको आधारमा कायम रहने जनाए । उनले भने,‘सबै एजेण्डामा सहमति हुँदैन, एजेण्डाका आधारमा हाम्रो उहाँहरुसँग सम्बन्ध कायम रहन्छ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु