पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

गाउँका नाम पनि कस्ता–कस्ता ? संसदमा हंगामा, सांसदलाई लाज मर्नु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १६ गते, बुधबार ०९:०२

घानाको संसदमा हालै एउटा अनौठो घटना भएको छ । एकजना सांसदले केही गाउँहरुको नाम भनिरहँदा संसदमा हंगामा भयो, सांसदहरु लाजले भुतुक्कै भए र शव्दैपिच्छे हाँसिरहे । महिला सांसदहरु त झनै लाजले रातोपिरो भए ।सांसद फ्रिम्पोंग ओसेइले संसदमा बोल्ने क्रममा जब आफ्नो निर्वाचन क्षेत्रका गाउँहरुका नाम उच्चारण गर्न थाले, तब सांसदहरु अनौठो तथा लाज मान्दै हाँसिरहे ।

नहाँसुन् पनि किन ? गाउँका नामहरु निकै अश्लील थिए । ती गाउँका नामहरु स्थानीय टिवी भाषामा थिए र नामको अर्थ निकै अश्लील थियो । एउटा गाउँको नाम बुद्धिमान योनी रहेछ भने अर्को गाउँको नाम मूर्ख लिंग ।बिजुली पुग्न नसकेका ती गाउँहरुमा बिजुली पुर्याउने विषयमा ती सांसदले संसदमा भाषण गरेका थिए । उनले सरकारलाई ती अन्धकारमय गाउँमा कहिले बिजुली पुग्छ ? भनेर प्रश्न गरे ।

तर बिजुली पुग्न नसकेका ती गाउँको नाम सुन्दैमा लाजले भुतुक्कै भएका उर्जा मन्त्रीले बिजुली पुर्याउने योजनाका बारेमा सुनाउनुअघि जोक गर्दै भने, ‘यदी ती गाउँमा बिजुली लैजाने हो भने त रातिको क्रियाकलापमै दखल पर्ने रहेछ ।’बिहीबारको संसद बैठकमा सांसद् ओसेइले आफ्नो क्षेत्रका केही गाउँको नाम लिए । जसमा इटवे निम, न्यान्सा, कोटे ये आबोआ र शुआ ए मोर्बोर थिए ।

स्थानीय भाषाका यी नामहरुको अर्थ अश्लील हुन्छ । एटवे निम न्यान्साको अर्थ योनी ज्ञानी छ भन्ने हुन्छ । त्यस्तै कोटे ये आबोआको अर्थ लिंग मूर्ख छ भन्ने हुन्छ । त्यस्तै शुआ ये मोर्बोरको अर्थ  अण्डकोष दुःखी छन् भन्ने हुन्छ ।वास्तवमा यस्ता गाउँका नामहरु संसदमा सांसदले उच्चारण गर्नुअघि धेरै घानेलीहरुले सुनेकै थिएनन् ।

यस्ता अश्लील नाम किन राखियो त आखिर ? बीबीसीका अनुसार प्रायः कुनै पनि गाउँको नाम उक्त गाउँमा वस्ती बसाल्ने समुदायले राख्ने गरेका हुन्छन् र उनीहरुले आफ्नो अनुभवको आधारमा यस्ता नाम राख्ने गर्दछन् ।

बीबीसी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु