तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

दुनियाँका सबैभन्दा डरलाग्दा ठाउँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १६, बुधबार ०९:१७

दुनियाँमा निकै सुन्दर ठाउँहरुको कमी छैन । तर कतिपय ठाउँहरु भने निकै सुन्दर हुनुका बाबजुत आजसम्म पनि बिरानो बनिरहेका छन् अनि डरलाग्दो ठाउँका रुपमा चर्चित छन् । त्यस्ता ठाउँमा जान मानिसहरुले आँट गर्दैनन् । दुनियाँका डरलाग्दा ५ ठाउँ यी हुन्ः

१. डरलाग्दो गुडियाको टापु


मेक्सिको सिटीको बाहिरी इलाकामा रहेको आइल्याण्ड अफ दी डल्स अर्थात् गुडियाको टापु हजारौँ डरलाग्दा गुडियाको घर हो । टापुमा रहेका रुख तथा पर्खालहरुमा यस्ता गुडिया झुण्डाइएको हुन्छ । यी टाँगिएका गुडियाहरुको पछाडि एक रहस्यमय कहानी छ । किम्बदन्तीका अनुसार उक्त टापुको हेरचाह गर्ने एक मानिसले ती गुडियाहरु त्यहाँ टाँगेको थियो । उक्त व्यक्तिले समुद्री तटमा एकजना बालिकालाई अनौठो हालतमा मरेको अवस्थामा शव फेला पारेको थियो । उक्त बालिकाको लासको नजिक एक गुडिया पनि भेटिएको थियो । उसले ती बालिकाको अन्त्येष्टि गरेर गुडियालाई नजिकको रुखमा झुण्डाइदियो ।

त्यसपछि उक्त मानिसले डरलाग्दा सपना देख्नुका साथै मरेकी बालिकाको आवाज सुन्न थाल्यो । उक्त घटनापछि ती व्यक्तिले आफ्नो जीवनका बाँकी ५० वर्ष सोही खालका गुडियाहरु टापुका विभिन्न ठाउँमा टाँगेर बिताए । अर्को अनौठो घटना पनि भयो । उक्त व्यक्तिको मृत्यु हुँदा उसको शव तिनै बालिकाको शव अन्त्येष्टि गरिएको ठाउँमा फेला परेको थियो ।

२. बुल्गेरियन कम्युनिष्ट पार्टी भवन


सन् १९८१ मा बनेको उक्त ठाउँ सोभियत कालमा बुल्गेरियन कम्युनिष्ट पार्टीको केन्द्र थियो । तर एक दशकभन्दा पनि कम समयमा सोभियत संघका सदस्य देश तथा गैर सदस्य देशको बीचको सीमा आइरन करटेन टुटेसँगै यो भवन सोभियत युगको अन्त्यको प्रतीक बन्यो ।

तत् पश्चात यो भवन जर्जर बन्दै गयो र खण्डहर बन्यो । पछि यो ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कोसिस गरियो । तर पनि लागत निकै उच्च लाग्ने भएपछि त्यो पनि हुन सकेन । अहिले उक्त भव्य भवन भूतघर जस्तै डरलाग्दो ठाउँ बनेको छ ।

३. मार्लबोरो मानसिक अस्पताल


अमेरिकामा आफ्नो जमानाको इतिहासकै रुपमा रहेको यो अस्पताल सन् १९३१ मा खुलेको हो । अस्पताल सञ्चालन भएको ६५ वर्षको समयमा यसमा अनेक खालका रहस्यमय घटनाहरु भए ।

अस्पतालबाट बिरामीहरु अचानक गायब हुने, मानिसहरुले आत्महत्या गर्ने तथा स्वास थुनिएर मर्नेलगायतका घटना भएका थिए । यस्ता घटना धेरै भएपछि सरकारले गोप्य रुपमा त्यसको जाँच गरायो । एकजना सांसद कर्मचारीको भेषमा अस्पतालमा छिरे । उनलाई बाहिरी कटेजमा काम गर्न भनियो । अस्पताल प्रशासनले ती व्यक्ति अस्पतालमा भैरहेका घटनाको रहस्य पत्ता लगाउन कर्मचारीको रुपमा भर्ना भएर अस्पतालमा छिरेको पत्तो पाएनन् । अस्पतालमा कर्मचारीको भेषमा काम गर्दा ती सांसदले उक्त अस्पतालमा बिरामीहरुमाथि पछिल्लो ६० वर्षदेखि बिरामीहरुको शोषण तथा गैरकानूनी चिकित्सा प्रयोग गरिँदै आएको पत्ता लगाए । अस्पतालको त्यस्तो कर्तुत पत्ता लागेसँगै सरकारले अस्पतालमाथि प्रतिबन्ध लगाएर बन्द गरिदियो । तत् पश्चात् यो अस्पताल भवन खण्डहरु बन्दै गएको छ । मानिसहरु त्यहाँ जान डराउँछन् आजकल ।

४. कोलम्यान स्कोप


२० औँ शताब्दीको सुरुवातमा जर्मन उपनिवेशद्धारा स्थापना गरिएको यो सहर नामिबियाको नामिब मरुभूमिमा रहेको छ । यो सहर सन् १९५० यता बिरानो ठाउँको रुपमा खण्डहरु बन्दै गएको छ । जर्मनहरु हीरा जवाहरातको खोजीमा त्यहाँ आएका थिए । आफ्नो काम पूरा भएसँगै जर्मनहरु फर्केर गए र सहर खाली भयो । अहिले त्यहाँ काठका जीर्ण भवनहरु छन्, जसको बीचमा बालुवा भरिएको छ । यहाँ मानिसहरु जान डराउँदछन् ।

५. प्रिपेयत सहर, युक्रेन

सन् १९८६ को अप्रिल २६ मा यो सहरको नजिकै रहेको चेर्नोबिलमा मा आणविक भट्टी विस्फोट भएको थियो । उक्त आणविक दुर्घटनाबाट फैलिएका विकिरणले यस सहरमा ३१ जनाको मृत्यु भयो भने झण्डै चार लाख मानिसहरु विस्थापित भए । अहिले यो सहर खाली छ । हावा तथा जमिनमा विकिरणको मात्रा भएकोले मानिसहरु यहाँ बस्दैनन् । घरहरु खण्डहर बनेका छन् र सहर भुताहा सहरजस्तै बनिसकेको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु