काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

फेस अफ सिटी–२०१८ को तयारी तीब्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण १८ गते, शुक्रबार १२:५९

भरतपुर-मुन मिडिया हाउसको प्रस्तुति “फेस अफ सिटी–२०१८” को फाइनल भदौ २ मा हुँदैछ । १८ जना प्रतिस्पर्धीबाट छानिएर १० जनाको सहभागिता रहने उक्त प्रतियोगिता भरतपुरस्थित कर्भड हलमा हुने कार्यक्रमका कोरियोग्राफर युडेन ठकुरीले जानकारी दिए ।

प्रतियोगिताका उपाधि बिजेता, फष्ट रनरअफ, सेकेण्ड रनरअफलाई क्रमशः नगद रु ३०,०००।–, रु २०,०००।– र रु १०,०००।– का साथै गिफ्ट ह्याम्परले सम्मान गरिने समेत ठकुरी बताए । बिजेताहरुलाई आगामि दिनमा हुने फेशनका कार्यक्रममा सहभागी गराउने, म्युजिक भिडियोहरुमा खेलाउने र हाउसले गर्ने फेशस शोका कार्यक्रमहरुमा स्थान दिने समेत बताए ।

चितवनका युवायुवतीहरुको फेशनप्रति बढ्दो चासो र आकर्षकको रुपमा हेरिएको यस “फेस अफ सिटी–२०१८” को इभेन्ट म्यानेजरमा एलिसा ठकुरी र युडेन ठकुरी रहेका छन् । भने कार्यक्रमको कोडिनेटर मन्दिप रानामगर रहेका छन् । कार्यक्रम अन्तर्गत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्यका साथ फेशन शो र डिजेको समेत व्यवस्था गरिएको कार्यक्रमका कोडिनेटर मन्दिप रानामगरले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु