एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

लभधजितासिंह बुढाको पहिलो कृति ‘हामी कसरी जिउछौं’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २० गते, आईतवार ०८:११

काठमाडौँ-लेखक जितासिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पुस्तक ‘हामी असरी जिउछाँै’ सार्वजनिक गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषी उद्यमी महासंघका महासचिव तथा युवा उद्यमी र समाजसेवी समेत रहेका लेखक बुढा मगरले पत्रकार सम्मेलन गरेर आफ्नो पहिलो कृति सार्वजनिक गरेका हुन ।बिमोचन कार्यक्रम नेपाल मगरसंघ केन्दीय समितिका संरक्षक सदस्य तथा अधिवक्ता गौबहादुर आलेमगरको सभापतित्व र प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले सयुक्त रुपमा बिमोचन गरेका थिए ।

कार्यक्रममा आफ्नो कृतिको बारेमा बोल्दै लेखक बुढा मगरले ‘नेपाली समाज तथा जीवनमा केही गर्न चाहनेहरुका लागि एक उत्प्रेरक जीवन उपयोगी पुस्तक रहेको र त्यस पुस्तकमा निराशामा रहेका ब्यक्तिहरुलाई आफुनो कर्ममा सपना, सङ्कल्प, निरन्तर लगाव, माया तथा अवसरको रुपमा लिएर पहिचानलाई कसरी अगाडी बढाउने भन्नेबारे सन्देशहरुमा आफ्नो कृतिमा समेटेको बताएका छन ।यो पुस्तकले नेपाली समाजमा रहेका ब्यक्तिहरुलाई एक सकरात्मक सोचको मार्ग चित्रित रहने कुरामा जोड दिएको छ ।नेपाली समाज बैदेशिक रोजगारको बोटोमा लाग्नु भन्दा स्वदेशमै युवा प्रयोगबाट धेरै कुरा गर्न सकिने जानकारी उनले यो पुस्तकबाट दिन खोजेका छन् ।

हामीले जिवनमा केहि गर्नको लागि आफ्नो लगाव र मेहनतको महत्वपुर्ण भुमिका रहने र काम गर्नमा लाज नमान्ने प्रबृतिको बिकास गर्न सजिलो पर्ने कुरा बताएका छन ।बिमोचन कार्यक्रमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता र बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले देशलाई चिनाउन बिकासको बाटोमा बिमोचित पुस्तकको बिशेष भुमिका रहने बताएकी छन ।
उनले नेपाल प्रज्ञा प्रतिस्ठानले पनि नेपाली भाषा र साहित्यलाई सम्मानको दृष्टिले हेर्ने भएकाले बिमोचित पुस्तकले समाजमा गहिरो छाप राख्ने कुरा बताएकी हुन ।

कार्यक्रममा बोल्दै नेपाली झण्डा प्रर्दशन प्रर्वदक रहेका लक्ष्मी नारायण कंसाकारले देशको झण्डा मुनि बसेरै आफ्नो ज्ञान, दक्षता र सिपको सदुपयोग गर्न उनले यो पुस्तकबाट दरिलो ज्ञान प्राप्त हुने विश्वास दिलाएका छन् ।मेहनत र परिश्रमको प्रयोग गर्न आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग आवश्यक रहेको बताउदै बुढा मगरद्धारा लेखित कृतिको बारेमा प्रकाश पार्दै समाजमा रहेका बिसंगति र सम्भावनाहरुलाई नियालेर जुनसुकै कर्ममा अगाढि बढाउँनका लागि यो पुस्तक बरदान साबित रहने कुरा बताएका छन ।कार्यक्रमका सभापति गौबहादुर मगरले लेखकको निकैै मेहनत र लगावबाट पुस्तक प्रकाशित गरेकोमा लेखकलाई बधाई दिएका छन् । उनले अघि थपे,‘मानिष कसरी जिउँछ ? र राष्ट्रलाई कसरी चिनाउने भनेर जानकारी गराउनका लागि यो पुस्तक एक चोटि सबैले अध्यन गर्नै पर्ने छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु