रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

दर्शक श्रोताको मन जित्दै पवित्रा अधिकारीको “दलाल” (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २२, मंगलवार ०५:५९

सन्तोष बजगाई, काठमाण्डौं–तिज गीतले बजार तताईरहेको अहिलेको यो माहोलमा धादिङकी चेली पवित्रा अधिकारीको “दलाल” बोलको तिज गीतलेपनि यतिबेला दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

गायिका पवित्रा अधिकारी र बिनोद भण्डारीको आवाजमा रहेको यस यथार्थपरक तिज गीत दलालको हालै सार्बजनिक भएको म्युजिक भिडियोले दर्शक श्रोताको मन जितीरहेको छ ।

गीतको शब्दमार्फत कलाकारहरुले सडक,बाटोघाटो, खोला, पुल पुलेसा, मेला महोत्सवमाथि दलाल हुनेगरेको दलाली प्रवृतिको तितो यथार्थलाई समाबेश गरेका छन् ।

यस गीतमा शिव अखेलीको शब्द, नरेश खाती छेत्रीको संगीत रहेको छ भने हास्य कलाकार यादब देबकोटा (सरापे) र शुशिला निरौला (बिम्ली) को अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।

गीत राम्रो बनेकाले धेरैको मन जित्ने र समाजमा देखा परेको दलाली प्रवृति केहि हदसम्म कमहुने अपेक्षा गरिएको गायिका पबित्राले बताएकी छिन ।

यो गीतले सोचेजस्तै सफलता हात पारोस् हाम्रो शुभकामना ।

बाँकी भिडियो मार्फत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु