आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

कविता “मनको बह” सरिना सापकोटा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २२ गते, मंगलवार १०:११

सन्तोष बजगाई, काठमाण्डौं–साहित्यमा अजिव शक्ती हुन्छ । मान्छे दु:ख, पीडा, खुसी वा जे जस्तो अवस्थामा रहेपनि साहित्यकै वरिपरि रुमलिरहेकै हुन्छ । त्यसमाथि नारी साहित्यले समाजमा अझ बढि प्रभाव पार्दछ । जिन्दगीका अनेकन भोगाईहरुले मान्छेलाई साहित्यकार बनाउँछ । त्यस्तै प्रतिभाका रुपमा देखा परेकी छिन एक नारी पात्र, उनको साहित्यिक पाईलाहरु अझ परिस्कृत बन्दै जाउन शुभकामना ।

मनको बह

हेर्दा उस्तै देखीन्छ यी जिन्दगिका यात्राहरुमा
तर खै को साथ छ र यहाँ कर्मको बाटोहरुमा
विश्वास घात छदै छ यहाँ पूर्णीमाको रातहरुमा
धेरै सपनाहरु छन् यि भविष्यको पानाहरुमा ।

कसैले देख्दैन्न चित्कार यहाँ सँगैको सहयात्रीमा
टुक्रा–टुक्रा वन्न खोज्दैछन् सिङ्गो सपनाहरु जहाँ
छरिएका खुशि खोजीरहेछु डुव्नलागेको घाममा
धेरै धेरै सम्झना आइरहे छ वितेका ति पलहरुमा ।

रमाइ बसेकी रहेछु त्यो भत्की सकेको महलमा
बाटो खोजी रहेछु डडेलो लागेको त्यो बनमा
आफैलाई हेरी बसि रहेँ त्यहि ऐनाको छेउमा
कति सम्बन्ध आफै हराउँछन् सानो तिनो निउँमा ।

छैन मलाई कुनै गुनासो यहाँ कसैलाई भनेर
जिन्दगीमा आउँछन् कोहि दुई दिनको पाहुना बनेर
अनि बसिदिन्छन् कहिल्यै नमेटिने गरि मनमा
चौबाटोमा छोडि जान्छन् साथ सखि एकै पलमा ।।

सरिना सापकोटा
सुन्दरबजार नगरपालिका लमजुङ्ग
हाल बोहोराटार काठमाण्डौं ।

साहित्यमा सिर्जनामा लाग्नुहुने सबैलाई प्रेरणा दिन हामी कविता, गीत, गजल तथा अन्य साहित्यिक रचनाहरुलाई स्थान दिन्छौं । तपाईसंगपनि यस्तै सिर्जना छ भने हामीलाई प्रेषित गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु