मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

कलाकारितामा रम्दै नव प्रतिभा सिद्धार्थ घिमिरे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २५ गते, शुक्रबार ०३:१७

निर्मल पुरी भोगी, काठमाण्डौं–बाबा कृष्ण प्रसाद घिमिरे र आमा भगवता घिमिरेको कोखबाट वि सं २०५६/४/२१ गते जन्मिएका बहु प्रतिभाका धनी सिद्धार्थ घिमिरे पुर्ख्यौली घर अर्घाखाँची र स्थायी घर कपिलबस्तुको पिपरा भई हाल राजधानी बस्दै आएका छन् ।

प्लस टु पास गरेका उनी गीत सङ्गीतका कुशल बिद्यार्थी हुन् । उनी आफुलाई गायक र मोडेल भनेर चिनाउन चाहन्छन् । आधुनिक गीत राम्रो गाउने उनलाई सबै खालको गीत मन पर्छ ।

उनले सिंहदरबार, कालीको हाँसै बबाल, एक्लै यात्रा, दशैँ, परदेशी २ लगायत अहिलेसम्म ५/६ ओटा गीतमा अभिनय गरिसकेका छन् भने जहाँको त्यही लगायत सिरियलमा पनि अभिनय गरेका छन् जुन रिलीज हुने क्रममा छन् ।

अबको केही दिनमा आफैले नयाँ गीत बजारमा ल्याउन लागेको र त्यसकै तयारीमा जुटेका उनी अरु नयाँ गीतमा अभिनय क्रमशः गर्दै जाने तयारीमा छन् । गीत सङ्गीतमा सानै बाट रुचि रहेको र यो क्षेत्र आफ्नो रोजाईमा परेको बताउँछन् उनि ।

उनलाई घर बाटपनि बाबा ममिको साथ राम्रो रहेको बताउँछन् । उनले आगामी दिनहरुमा सबैको माया पाउने, अघि बढ्ने छु भन्ने प्रण दर्शक स्रोतामाझ गर्नेगरेका छन् । नव प्रतिभा सिद्धाथ घिमिरेलाई हाम्रो पनि शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु