नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

विश्वको पहिलो महिला शंकराचार्य पदलाई सरकारले बुझ्न सकेन : हेमानन्द गिरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २७, आईतवार ०७:०२

‘सरकारले समेत गलत मानिसका कुरा सुन्यो, अब डालेश्वर मन्दिरमा कार्यक्रम हुन्छः’

काठमाडौं, २६ साउन । अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषिद शंकराचार्य गिरीले केही गतल मानसिकता भएका कथा वाचकहरुले आफ्नोबारे नकारात्मक प्रचार गरेर आफ्नो बद्नाम गर्न खोजेको आरोप लगाईन् ।
वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरुले नारीहरुलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्,‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको क्षत्रि ओड्ने चाहना राखेको थिएँ, मेरो बारेमा गलत प्रचार गरेर सरकारलाईसमेत भम्रमा पार्न खोजियो, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’
आफ्नो बारेमा उठेका प्रश्नहरुका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेपनि भेट सम्भव नभएको उनको गुनासो छ । उनले थपिन्,‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखें । उहाँलेपनि प्रमाणपत्र माँग्नुभयो तर कुनै जवाफ दिनुभएन, पशुपतिनाथको परिसरमा भदौ ८ गते शंकराचार्यको क्षत्रि ओड्ने भनेर सुमार्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो तर त्यसलाई पनि प्रभावित पार्ने काम भयो ।’

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिने भाईलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनु भनेर धम्क्याउने काम गरेको पनि उनले सुनाईन् । उनले थपिन्,‘हामीले तयारी गरेको कार्यक्रको स्थान परिवर्तन गरेका छौं, त्यसैले आज पत्रकार सम्मेलन गरेका हौं, अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दीर भक्तपुरमा हुनेछ, उक्त कार्यक्रममा भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुनेछ ।’
आफूले राष्ट्र र राष्ट्रियतालाई शीरमा राखेर सनातन हिन्दु राज्यबारेमा वकालत गर्दै आएको उनको भनाई छ । उनले थपिन्,‘म एक सन्यासीले प्राप्त गरेको विश्वको पहिलो महिला शंकराचार्य पदलाई सरकारले बुझ्न सकेन, यो विश्वका हिन्दुहरुको भावनामाथिको खेलवाड हो, यसका बारेमा जन–जनले आवाज उठाउन जरुरी छ ।’
नेपालका नारीहरुले ठूलो संघर्ष गर्न बाँकी रहेको बताउँदै गिरीले सन्यासी भएर विश्वको पहिलो महिला शंकराचार्यको पदवी पाउँदापनि हिन्दुहरुलेनै त्यसको बारेमा गलत प्रचार गरेर बसेको गुनासो पोखिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु