ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधान गर्न सरकार उदासिन भएको आरोप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २७, आईतवार ०७:१९

काठमाडौं, २५ साउन । प्रेम बचाउ अभियानका संयोजक चन्द्रसिंह कुलुङले रोजगारको सिलसिलामा बिदेश गएर विभिन्न समस्याबाट प्रताडित नेपालीहरुको उद्धारमा सरकार गम्भिर नभएको आरोप लगाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ईलामका प्रेम बचाउ अभियान मुल समिति काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बैदेशिक रोजगारमा गएका र समस्यामा परेका नेपालीहरुको बारेमा सरकार गम्भिर नभएको आरोप लगाएका हुन् ।
उनले भने,‘बैदेशिक रोजगारमा गएर दुःख पाएका नेपालीहरुको बारेमा सरकार गम्भिर भएको देखिँदैन । बैदेशिक रोजगारमा पुगेका नेपालीहरुले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । सरकारले समस्यामा परेका नेपालीहरुको उचित कदम चाल्न सक्दैन् ।’
नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिव एवम् प्रेम बचाउ अभियान मुल समितिका सदस्य ईन्द्र कुलुङले विदेशमा रोजागारको सिलसिलामा गएका नेपालीहरुको उत्थानको लागि कोष निर्माण गर्न माग गरेका छन् ।
उनले भने,‘नेपालीहरुको आर्थिक स्थिति कमजोर छ, घरपरिवारको आवश्यकत्ता र जीविकोपार्जनको लागि विदेश जानुपर्ने स्थिति छ, अर्कोतर्फ मुलुकको अर्थतन्त्र धानेका नेपालीहरु कुनै अप्ठयारोमा पर्छन्, त्यतिबेला गरिब तथा विपन्न परिवारले उद्धार गर्न सम्भव हुँदैन् । त्यसैले सरकारले एउटा बलियो कोषको स्थापना गरोस् भन्ने हाम्रो माग छ ।’
समितिकी कोषाध्यक्ष अनिता ताम्बुछाले प्रेम कुलुङको उद्धारमा नेपाली ४६ लाख ५९ हजार १ सय ६ रुपैयाँ लागेको बताईन् ।
उनले भनिन्,‘सन् २०१२ मा रोजगारीको सिलसिलामा साउदी गएका थिए, प्रेम कुलुङले चलाएको गाडी चोरी भएपछि कम्पनीका मालिकले उनलाई जेल हाले । र, कानूनी कारबाही भोग्दापनि नेपाली ९५ लाख विगो जरिवाना तिर्नुपर्ने स्थिति आयो, हामीले प्रेम बचाउ अभियान सञ्चालन गरेर वहाँलाई स्वदेश फिर्ता गर्न सफल भएका छौं ।’
प्रेम बचाउ अभियानको लागि स्वदेश तथा विदेशबाट ९२ लाख ९ हजार ९ सय ५५ रुपैयाँ नेपाली रकम उठेको र विभिन्न शीर्षकमा गरिएको खर्च कटाएर बाँकी नगद २५ लाख ३३ हजार ५ सय ४७ रुपैयाँ रहेको आयोजकले आजको पत्रकार सम्मेलनमार्फत नै जानकारी दिएको छ ।
दुई महिना जेल जीवन बिताएसँगै ५० कोर्राको सजाय भोगेर पनि न्याय नपाएका प्रेम कुलुङ राईले बैदेशिक रोजगारको सिलसिलामा विदेशमा पुगेका नेपालीको बारेमा नेपाल सरकारको नीति नै कमजोर रहेको बताए ।
साउदी अदालतको पहिलो फैसलाअनुरुप जेल जीवन बिताएर पनि न्याय नपाएका कुलुङले भने,‘मैले चलाउने गाडी चोरी भयो, अलसलभी होल्डीङ कम्पनीले मलाई हराएको सामानको मुल्यसहितको पैसा माँगेपछि मेरो घरको आर्थिक स्थिति कमजोर भएको कारण मैले ९५ लाख रुपैयाँ तिर्न सक्ने स्थिति थिएन, सबैको साथ सहयोगले आज आफ्नो देश आउन पाएँ । आज म धेरै खुशी छु ।’
उनले अघि थपे,‘सन २०१२ मा रोजगारमा गएको थिएँ, तीन वर्षको अवधि सकेर नेपाल आएँ, फेरी सन् २०१६ को जनवरीमा त्यही कम्पनीमा रोजगारको लागि साउदी पुगें, साउदी पुगेको साँढे दुई महिनापछि मैले चलाएको गाडी चोरी भयो । दुई दिनपछि गाडी त पत्ता लाग्यो । तर, सामान भेटिएन, कम्पनीले मलाई जेल हाल्यो । लामो समय जेल जीवन र ठूलो आर्थिक खर्चेर म नेपाल आउन सफल भएँ।’
वैदेशिक रोजगारीमा गएका अन्य धेरै नेपालीहरुको पनि आफूजस्तै समस्याहरु रहेको उनले सुनाए । राईले थपे,‘ सरकारले हामी वैदेशिक रोजगारीमा गएकाहरुको समस्या समाधान गर्नको लागि कुनै वास्ता गरेको देखिँदैन् । आज म यही मञ्चबाट भन्न चाहन्छु गरिबको लागिपनि सरकार छ भन्ने भान होस् नेपाल सरकारले पीडितहरुको बारेमा चिन्ता गरोस्।’
समितिका सह–संयोजक किशोर सुनुवारले स्वागत मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु