स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

नुवाकोटका अनन्तराम ९० घण्टा प्रवचन दिएर विश्व किर्तिमानी राख्ने तयारीमा, केसीलाई आर्थिक सहयोग जुटदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २७, आईतवार ०८:१२
काठमाडौं साउन २६ । विश्वका ७ अर्ब मानीसले गर्न नसकेको विश्व कीर्तिमानी राख्नको लागि नुवाकोट जिल्ला शिवपुरी गाँउपालीकाका योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसी अहिले ९० घण्टा निरन्तर प्रवचनको तयारीमा जुटेका छन् ।
विश्वले चिन्नेछ नेपालीलाई भन्ने मुख्य सन्देशका साथ गिनीज वल्ड रेकर्डका प्रतिनिधिलाईनै नेपालमा झिकाएर केसीले भाद्र ११ गते जोरपाटीको इष्टपोल स्कुलबाट किर्तिमानीको प्रयास गदैछन् । शिक्षण पेशालाई त्यागेर आध्यात्मीक क्षेत्रमा प्रवेश गरेका केसीले यस अघि विश्वकिर्तिमानीका लागि ८० घण्टा निरन्तर प्रवचन दिएपनि केहि प्राविधिक त्रुटीका कारण उनको प्रयास भने असम्भब रहेको थियो । केसीलाई विश्व किर्तिमानी दिलाउनको लागि न्यु माइन्डस एकेडेमी मार्फत आर्थिक संकलनका कार्यक्रमहरु समेत गरिएका छन् । यसै सन्दर्भमा न्युमाइन्डस एकेडेमीको आर्थिक समितिद्धारा आज काठमाडौंको बसुन्धरामा छलफल तथा सहयोग संकलन कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले केसीको विश्व किर्तिमानी नेपालकै गौरबको बिषय भएको बताँउदै यस अभियानमा सवैले साथ र सहयोग दिनुपर्ने बताउनुभयो ।
महतले  विश्व कीर्तिमान राख्न गरिने कार्यले नेपाल र नेपालीको शिर उँचो बनाउने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालीकाकी उपमेयर हरिप्रभा खडगीले देशको प्रतिष्ठासंग जोडिएको किर्तिमानी अभियानलाई सफल बनाउनको निम्ती आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा टोखा नगरपालीकाका मेयर प्रकाश अधिकारीले केसी लामो समय देखि आफनै नगरपालीकाको बासीन्दा रहेको भन्दै उनको अभियानमा नगरपालीकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति एवं पुर्व सभासद जगदिश्वर नरसिंह केसीले अनन्तरामको विश्वकिर्तिमानीले नुवाकोट साथै नेपालको इज्जत जोडिएको बताँउदै नेपाली काँग्रेस नुवाकोटको तर्फबाट रु ७५ हजारको चेक हस्तान्तर गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका नेता एवं सामाजीक अभियन्ता रमेश कुमार महतले केसीको विश्वकिर्तिमानीले नेपालको पर्यटन प्रवर्दन गर्न मद्धत पुग्ने विश्वास व्यक्त गदै उनको अभियानका निम्ती आफनो तर्फबाट ३० हजारको आर्थिक सहयोग घोषणा गरे ।
कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका प्रवक्त एवं जिल्ला सदस्य सि.के चौलागाँईले केसीको अभियान सफल बनाउनको लागि आफु र सिन्धुपाल्चोक काँग्रेसको तर्फबाट ५१ हजार ५ सय सहयोगको घोषणा गरे ।
कार्यक्रममा नेपाल मुम्वई चेम्वर अफ कमर्शका उपाध्यक्ष एवं समाजसेवी रमेश कुमार पाठकले केसीको विश्व किर्तिमानीसंग नुवाकोटको प्रतिष्ठा जोडिएको बताँउदै सवै मिलेर यस अभियानमा साथ दिनुपर्ने बताए । पाठकले उक्त अभियानका निम्ती आफनो तर्फबाट रु २५ हजार २५ को आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका सभापती एवं सामाखुसी स्थीत साकुरा नेपाल कन्सलटेन्सीका सञ्चालक अनुजकुमार श्रेष्ठले केसीको विश्वकिर्तिमानीका लागि कन्सलटेन्सीका तर्फबाट रु ५० हजारको चेक हस्तान्तरण गरे । त्यस्तै टोखा नगरपालीका ११ का वडा अध्यक्ष एवं नुवाकोट गोंगबु सम्पर्क समाजका अध्यक्ष उत्तम अधिकारीले आफनो तर्फबाट रु १० हजारको चेक हस्तान्तरण गरे ।
लायन्स क्लबका पुर्व डिस्ट्रक गभर्ननर एवं न्यु माइन्डस एकेडेमीका अध्यक्ष कुमार राज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेचुरल बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी बिकल्प पाठकले रु १० हजार, समाजसेवी रामकाजी गुरुङ नगद रु १०,०००,बिक्की बज्राचार्य रु १०,०००, एस कुमार श्रेष्ठ रु १०,०००, दामोदर पोख्रेल रु १०,०००, टोखा नपा वडा नं ८ की सदस्य निसा पाण्डे रु ५,१००, नेपाल बायुसेवा निगम निर्देशक रामप्रसाद खतिवडा व्यक्तिगत रु ५,१००, समाजसेवी हरी प्रसाद सिटौला रु ५,०००, शसस्त्र प्रहरीबलका एआइजी रामशरण पौडेलले रु ५,०००, नेका बालकुमारी नुवाकोटका सभापति रामप्रसाद गुरागाँई रु ५,५५५, नुवाकोटको शिवपुरी स्थीत गजबको रेडियोको तर्फबाट १०५७ ,नेपाली काँग्रेस थानापति नुवाकोटका इकाई सभापति रामकृष्ण डंगोल ले रु ५,२०० नुवाकोट थान्सीङका अर्जुन प्रसाद लामिछानेरु ५,१००, शिवहरी पाण्डे रु ५,०००, नेपाली काँग्रेस नुवाकोट जिल्ला सदस्य उमा थापा रु ३,१०० , नेका पञ्चकन्या संयोजक बैकुण्ठ खनाल रु ३,०००, तादी गा.पा १ उर्लेनीका गणेश थापा रु २,५००, ने.का लिखु गा.पा १ इकाई सभापति माधव लामिछाने  रु १,१००, ट्रेडयुनियन काँग्रेस नुवाकोट उपाध्यक्ष सिताराम भण्डारी रु १,००५, नेका पञ्चकन्या इकाई सचिब बलराम कार्की रु १,०१०, अर्जुन भेटुवाल ककनी ६ थान्सीङ रु ५००, केदारनाथ पाण्डे ककनी ६ केउरेनी रु ५०० को आर्थिक सहयोग घोषणा गरे । कार्यक्रममा नगद तथा प्रतिबद्धता गरी रु २ लाख भन्दा बढी रकम संकलन भएको आर्थिक कमिटिका संयोजक रबिन थपलियाले बताए ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु