रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

लक्ष्मीश्वरी मा.वि.मा सुरु भयो कक्षा ११ को पढाई, स्थानिय विद्यार्थीलाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २७, आईतवार १३:२१

सन्तोष बजगाई, काठमाण्डौं–साविकको कुमरी गाविस अन्तर्गत पर्ने बेलकोटगढी नगरपालिका ३ स्थित लक्ष्मीश्वरी माविले यसै शैैक्षीक सत्रबाट कक्षा ११ को पढाई सुरु गरेको छ ।

२०७५ साउन २७ गतेबाट शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायगरि दुई संकायमा पढाई सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं समाजसेवी सम्भु पनेरुले जानकारी दिएका छन् ।


विगत लामो समयदेखि यो विद्यालय एस.एल.सी र एस.ई.ई.मा जिल्लामै सर्वोत्कृष्ट रहँदै आएको छ । धेरै पहिलेदेखि उच्च शिक्षाको लागि पहल गरिएपनि अन्ततः कक्षा ११ को पढाई सञ्चालन गर्न सफल भएकोमा स्थानिय अभिभावक तथा विद्यार्थीहरु खुसी भएका छन् । गाउँमै कम खर्चमा छिटो छरितो र सहज वातावरणमा शिक्षा प्राप्त हुनु गर्भको विषय बनेको स्थानियहरु बताउँछन ।

केहि समय अघि विद्यालयले प्लस टु सञ्चालनको लागि सप्ताह समेत लगाएको थियो र त्यसैको आडमा विद्यालयले कक्षा ११ को पढाई सुरु गरेको अध्यक्ष पनेरुले बताएका छन् ।

प्लस टु सञ्चालनसंगै रुपिङ, झ्याङ्ली, कुमरी लगायतका विद्यार्थीहरुलाई राहत पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु