रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

राष्ट्रिय युवा प्रतिभा सम्मानबाट शर्मिला विश्वकर्मा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण २७, आईतवार १५:२३
 सन्तोष बजगाई, काठमाण्डौं– “युवाका लागि सुरक्षित वातावरण” भन्ने नारा सहित आज अगष्ट १२ तारिकमा अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइयो ।
यो अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा हरेक वर्ष प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानबाट शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मा सहित १० जना युवाहरुलाई सम्मान गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका २६ कास्की निवासी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले युवा पत्रकारका रुपमा क्रियाशिल रही नेपाल अपाङ्ग मानव केन्द्रद्वारा प्रकाशित अपाङ्ग आवाज मासिक पत्रिका र साप्ताहिक रेडियो कार्यक्रम अपाङ्ग आवाज मार्फत अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु प्रकाशन एवं प्रशारण गरि अपाङ्गता जगतमा योगदान गरेबापत रु १ लाख नगत सहित सम्मान पत्रद्धारा उपप्रधान मन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्मान गरिएको थियो ।
राष्ट्रिय युवा प्रतिभाबाट सम्मानित हुने युवाहरुमा शिक्षा तर्फ काठमाण्डौंका विनोद शाही, उद्यमशिलता तर्फ इलाका दिवस श्रेष्ठ, सूचना प्रविधि र सञ्चार तर्फ पोखरालेखनाथ महानगरपालिका २६ कास्कीकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्मा, विज्ञान प्रविधि तर्फ धनुषाका अम्बर मण्डल र चितवनका सरोज चेपाङ्ग, सामाजिक रुपान्तरण तर्फ गुल्मिकी गंगा खड्का, कुषि तर्फ कैलालीकी गोमा कुमारी अधिकारी, कला संस्कृति, साहित्य सृजना तर्फ जुम्लाका गोविन्द नेपाली साकी, समाज सेवा तर्फ नवलपरासीका तिलोत्म पौडेल र कृषि र उद्यमशीलता तर्फ तनहुँका तेजविक्रम थापालाई जनही रु १ लाख सहित सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु