प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

“मिस्टर एण्ड मिस कलेज २०७५”को उपाधि आयुष र आशालाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३०, बुधबार ०९:१९

बुटवल -मिस्टर एण्ड मिस कलेज २०७५ को उपाधि आयुष र आशाले प्राप्त गरेका छन् । एक महिना अगाडी लुम्बिनी अञ्चलका जिल्लाहरुमा भएको अडिसनबाट १५ जना प्रतियोगीलाइ ग्राण्ड फिनालेमा सहभागी गराइएको सो प्रतियोगितामा उपाधि चुम्ने बुटवल निवासी आयुस केसी र आशा कार्कीले बिशेस गिफ्ट ह्याम्पर सहित नगद रु १५/१५ हजार प्राप्त गरेका छन्।

तिलोत्तमाको दरबारलनमा सोमबार सम्पन्न ग्राण्ड फिनालेमा जजको प्रमुख भूमिकामा प्रदशनको तयारीमा रहेको फिल्म रामकहानिकी नायिका तथा निर्मात्री पुजा शर्मा रहेको सो प्रतियोगितामा अन्य निर्णायकमा यसु पाण्डे र देवबहादुर कुवर रहेका थिए । नेपालि सांगीतिक क्षेत्रकि चर्चित गायिका सुमधुर स्वरकी धनि देविका बन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा फस्टरनरअप सागर न्यौपाने र तृप्ति पाण्डे भएका थिए भने, सेकेण्डरनरअप फहाद अलि र अञ्जना बिकले प्राप्त गरे ।

प्रतियोगिताको भिवर चोइसमा फहाद अलि र श्रेया श्रेष्ठले प्राप्त गरे भने , मस्ट कंफीडेण्ट रवि सुनार र दुर्गा रणपाल, मस्ट क्रियटिभ शिशिर पाण्डे र तृप्ति पाण्डे , मस्ट ट्यालेण्ट सागर न्यौपाने र संगीता रेग्मी, बेस्ट वाल्क रक्षक गुरुङ र अञ्जना बिक , मिस ब्युटिफुल संगीता कुवर , मिस्टर हेन्डसम आयुष केसी , बेस्ट फिगर  कुशुम कुमारी कानु , बेस्ट फिजीक रक्षक गुरुङ , मल्टिमिडिया आशा कार्की फहाद अलि , मस्ट फोटोजेनिक जोश्ना घले , अर्गनाइजर चोइस  कुशुम कुमारी कानुले हासिल गरेका थिए ।

एड्भेंट नेपालको आयोजनामा सम्पन्न सो प्रतियोगितामा आयोजकका तर्फबाट अध्यक्ष बिष्णु ज्ञवालीले यस्तो प्रतियोगिताबाट समाजमा लुकेर रहेको प्रतिभा प्रष्फुटन हुने बताए । कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै एड्भेंट नेपालका म्यानेजिङ्ग डाइरेक्टर धिरेन तुलाधरले आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेका थिए । त्यस्तै कोरियोग्राफर जोशनमान गौचनले फेशन र डिजाइनिङ्ग जस्तो विधा हेराइमा नभई ब्रेनमा हुने र हरेक तबरले भित्रैदेखि स्वस्थ सुन्दरता आफुहरुको लक्ष्य रहेको बताए । प्रतियोगिताको संचालन बुटवलका चर्चित होस्ट सुमन श्रेष्ठले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु