दुनियाँकै जब्बर मान्छे, जसलाई ११ हजार भोल्टको करेन्टले पनि छुँदैन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३० गते, बुधबार ०९:३३

करेन्टको सानो झट्काले पनि मान्छेको जिउ लल्याक लुलुक पारिदिन्छ । तर एकजना युवक यस्ता छन् जसलाई ११ हजार भोल्टको करेन्टले पनि कुनै असर गर्दैन ।भारतको हरियाणस्थित सोनीपतमा बस्ने १९ वर्षका दीपक जांगडा दुनियाँका एक विचित्र पात्र हुन् ।२७ सय भोल्टको करेन्ट कुनै पनि मानिसलाई मृत्युको मुखमा पूराउन पर्याप्त हुन्छ । तर दीपकलाई भने ११ हजार भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर हुँदैन ।

स्मरण रहोस् ११ हजार भोल्टले ५ सय घरको लागि बिजुली पुग्दछ ।दीपकको छातीमा करेन्ट लगाएर कयाैंपटक प्रयोग पनि गरिसकिएको छ । र, यसबाट पनि त्यो पुष्टि भैसकेको छ कि उनलाई करेन्टले कुनै असर गर्दैन ।दीपकलाई आफ्नो जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलोपटक ३ वर्षअघि भएको रहेछ । घरमा हिटर बिग्रेपछि उनले हिटर बनाउने बेलामा हातले नांगो तार छुन पुगे । करेन्ट बगिरहेको तार छुँदा पनि हातमा करेन्ट नलागेपछि उनी दंग परे । उनको त्यो अनौठो क्षमता देखेर सबै अचम्ममा परे ।आफ्नो यो अनौठो क्षमता भगवानले दिएको उपहार भएको उनी बताउँछन् ।

अरु कोही पनि मानिसले गर्न नसक्ने काम आफूले गर्नसक्ने भएकाले आफू दुनियाँकै भाग्यमानी मान्छे भएको उनको भनाइ छ । आफूले आफ्नो त्यो शक्ति गुमाउन नचाहने पनि उनी बताउँछन् ।आखिर दीपकको शरीरमा के त्यस्तो शक्ति छ, जसका कारण उनलाई करेन्ट लाग्दैन ? त्यो रहस्यमै रहेको छ । उनले यो पत्ता लगाउनका लागि डाक्टरसँग धेरै पटक आफ्नो रगत परीक्षण पनि गराए । तर सबै रिपोर्ट सामान्य पाइयो ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु