प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

झण्डै ३ वर्षपछि टीकापुर घटनाको पेशी, रेशम चौधरीलाई सर्वाेच्चमा हाजिर गराइने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३०, बुधबार ०९:५३

धनगढी – २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको पहिलो पेशी शुरू भएको छ ।टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । पहिलो पेशीको लागि जिल्ला अदालतले साउन २४ गते समय तोकेको थियो ।

तर, जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएर बुधवार निर्धारिण गरिएको हो ।प्रतिवादीतर्फ वकालत गरिरहेका अधिवक्ता गंगाराम उपाध्यायका अनुसार मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने बताए ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो भने त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी गरिएको समयमा सयौं थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो ।हालसम्म २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका रेशम चौधरीको पेशी बिहीवार हुने जनाइएको छ । अधिवक्ता गजेन्द्र केसीका अनुसार बिहीवार सर्वोच्च अदालतले पेशी तोकेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु