काठमाडौं -पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनलका होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको फलाईटेक इन्टरनेशलले राजधानीको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ ।एयर होस्टेस बन्नका चाहनेहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको शाखा बुधबार अभिनेता राजेश हमालले केक काटेर उद्घाटन गरे ।
केएल टावरको पाँचौ तलामा फ्लाइटेकको शाखा उद्घाटन गर्दै अभिनेता हमालले एयर होस्टेस प्रशिक्षण दिने उत्कृष्ट इस्न्टिच्युट बनेकामा फ्लाइटेकलाई बधाई दिए ।साथै, अभिनेता हमालले फ्लाइटेकका एयर होस्टेजका विद्यार्थीसँग फोटोसुट समेत गर्न भ्याए । सन् २००६ मा राजधानीको न्युप्लाजाबाट नाजिर हुसैनले फ्लाइटेक सुरु गरेका हुन् । स्थापनाकाल यता फ्लाइटेकले दर्जनौ डमेस्टिक तथा अन्तर्राष्ट्रिय एयरलायन्सका लागि लक्ष एयर होस्टेस उत्पादन गरिसकेका छन् ।
करिब १२ वर्ष शाखा विस्तार गर्दै फ्लाइटेकका निर्देशक नाजिरले भने, ‘यो सबै मेरा विद्यार्थी र शुभचिन्तकहरुको देन हो ।’ उनले अझ स्तरियतालाई ध्यान दिँदै शाखा विस्तार गरेको बताए । उनले भने, ‘शाखामात्र विस्तार गरिएको होइन, अध्यापनको गुणास्तर पनि बढाइएको छ ।’ १२ वर्षको अन्तरालमा देशकै उत्कृष्ट एयर होस्टेज स्कुलका रुपमा फ्लाइटेक स्थापित भएको छ ।
आगामी दिनमा फ्लाइटेकले एयर होस्टेससम्बन्धी अत्याधुनिक प्रशिक्षण मात्र नभएर हवाई सेवासम्बन्धी सबै प्रकार तालिमहरु पनि दिइने नाजिरले बताए । फ्लाइटेकलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्नका लागि एयर होस्टेस प्रशिक्षार्थीका लागि २६ सिटको एयरक्राफ्ट नमुना समेत बनाइएको छ । उद्घाटन समारोहमा आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पा समाजसेवी अककल बहादुर तामाङ , २ सय भन्दा बढी एयर होस्टेसका प्रशिक्षार्थी तथा विभिन्न व्यक्तित्वहरको सहभागिता थियो ।