भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

आज नागपञ्चमी पर्व मनाइदै, मूलढाेकामा नागकाे चित्र टाँसेर पूजा गरिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३१ गते, बिहीबार ०७:५६

काठमाडौं –आज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी पर्व मनाइदै छ ।प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ ।नागपञ्चमीका दिन गरिने पूजाले सर्पादी भयबाट मुक्त भई र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको पञ्चाङ निर्णायक समितिले जनाएको छ । नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन ।

नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ। एक किंवदन्ती अनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो ।

उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ ।त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् ।पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको किम्बदन्ती छ । नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु