दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

बुटवलमा पहिलो अनलाईनबाटै समान किन्न सकिने खोज सप संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ श्रावण ३१, बिहीबार १२:५३

बुटवल-बुटवल तथा भैरहवा आसपासका नागरिकलाई अनलाईन बस्तु खरिद सेवाका लागि बुटवलमा खोज सप अनलाईन सेवा सुरु भएको छ । फेशन, ईलोक्ट्रोनिक÷इलेक्ट्रिक, फुटवेयर, ग्याजेट लगायतका बस्तु तथा समान खरिद तथा विक्रिका लागि विहीबारदेखि बुटवलमा खोज सप अनलाईन सपिङ्ग संचालनमा आएको हो ।उक्त अनलाईन सपिङ्ग मार्फत १२ प्रकारका बस्तुका तथा समानका ३ हजार उत्पादन खरिद तथा विक्रि गर्न सकिने खोज सप अनलाईन मार्केटिङ्गका ओपरेशन म्यानेजर सन्तोश सुवेदीले जानकारी दिनुभयो ।

उहाँले बस्तु विक्रि गर्नेका लागि र त्यहि बस्तु ग्राहकले किन्नका लागि खोज सप कोशेढुङ्गा हुने विश्वास ब्यक्त गर्नुभयो । अनलाईन बस्तुसँगै सेवा समेत दिदै आएको खोजले निशुल्क सेवाका लागि खोज इन्फो र समान खरिदका लागि खोज सप अनलाईन बनाएको हो ।अनलाईन शुभारम्भ कार्यक्रममा खोज सपका सिनियर इन्जिनियर खेम थापाले खोज इन्फो मार्फत नेपालका हरेक कुनाामा रहेका ब्यापार ब्यवसाय, उत्पादन र सेवाका बारेमा अनलाईन प्रयोगकर्तालाई सजिलो प्लेटफम हुने बताउनुभयो ।

खोज सप समान खरिदका लागि भएको र इन्फो मात्र जानकारी लिनका लागि राम्रो माध्यम भएको बताउनुभयो । रुपन्देहीको विभिन्न स्थानका २५ जना समुहले संचालनमा ल्याएको खोज इन्फो र खोज सप चलाउनका लागि २५ लाख लगानी लागेको संचालक चमन रानाले जानकारी दिनुभयो ।हाल अनलाईन सपिङ्गको शुभारम्भको अवसरमा केही दिन बुटवल तथा भैरहवा क्षेत्रमा निशुल्क डेलिभरीको ब्यवस्था रहेको र पछि किलोमिटरका आधारमा चार्ज लाग्ने अनलाईनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु