बुटवल -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ४ महिने संगठन सुदृढिकरण तथा विस्तार अभियान सुरु गरेको छ । शुक्रबारदेखी देशका विभिन्न ठाउँहरुबाट सुरु भएको यो अभियान लुम्बिनीका विभिन्न ठाउँहरुमा पनि सुरु भएको हो । मुख्यगरी संगठनलाई सुदृढ बनाउँन पार्टी सदस्य, सहिद परिवार, घाईते, अपांगहरुलाई भेटघाट तथा संगठन निर्माण गर्ने र एकिकृत जनक्रान्तिमा जनतालाई गोलबद्ध गर्नको लागि सो अभियान चलाईएको नेकपाले जनाएको छ ।
लुम्बिनी अन्तर्गत रुपन्देही, नवलपरासी , नवलपुर, अर्घाखाँची, गुल्मी, पाल्पा लगायतका जिल्लामा चुरे क्षेत्र, मध्य तथा हाइवेक्षेत्र, तराई क्षेत्रमा छुट्टाछुट्टै अभियानहरु सुरु भएका छन् । कपिलवस्तुको बाणगंगामा अभियानको संचालन शम्भु थारु, स्वागत मतव्य शेरमानले गर्नुभएको थियो भने अध्यक्षता सुनिल थारुले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी व्यूरो सदस्य पदम केसी, अतिथीहरु कमल केसी, सहिद परिवारको तर्फबाट आकाश थापा, सल्लाहकार अशोक सुनारलगायत बोलेका थिए अभियानको उद्घाटनको क्रममा बोल्ने नेताहरुले नेपालमा संसदीय व्यबस्थाले निकास दिन नसक्ने हुँदा यो व्यबस्थाको विरुदमा जनता सडकमा आउने बताउँदै चुनाबका बेलामा समृद्धि र विकासको सपना बाडि जनतामा विभिन्न किसिमका आश्वान देखाई चुनाब जितेका जनप्रतिनिधिले ढाडै सेक्ने गरी कर बढाएकोले कम्युनिस्ट सरकार भनी कम्युनिस्ट नेता कार्यकर्तालाई आस्था र विचारको आधारमा नेकपा नेता कार्यकर्तालाई विना कारण पक्राउ गरि झुटा मुद्धामा फसाउने गरेको यस्तो किसिमको गतिविधि तत्काल नरोके आफुहरु जस्तोसुकै आन्दोलन गर्न तयार हुने चेतावनी दिएका थिए ।
विभिन्न जिल्लाहरुमा पार्टीको जस्तै अन्य जनवर्गिय संगठनहरुको पनि अभियान सुरु भएको छ । पार्टीको अभियानले मुख्यत सरकारले पछिल्लो समय बढाएको करको भण्डाफोर, विनाकारण गरिएको पक्राउ र झुट्टा मुद्दामा फसाईएको विषयमा भण्डाफोर गर्ने , जनताहरुलाई जागरुक बनाउँदै गलत प्रवृत्तिको भण्डाफोर गर्ने बताईएको छ ।