दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

प्रधानमन्त्री ओलीले जनकपुर पुगेर यसरी नाम लिए मोदीको

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र २, शनिबार ०८:३१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् ।शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘अब मधेशमा रेलको रफ्तारमा विकास हुन्छ । मुलुककै विकास मधेशबाटै अब रेलको गतिमा सुरु हुनेगरि सरकार अघि बढिरहेको छ ।अब मधेशबाटै विकासको मुल फुट्छ ।’नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू संविधान संशोधन गर्ने तयारीमा जुटिसकेको पनि बताए । त्यस्तै किसानहरुको समस्याबारे पनि आफू चिन्तित रहेको ओलीले सुनाए ।

उनले भने,‘यहाँका किसानहरुलाई पिर, मर्का परेको छ, अब कुनै मर्का नपर्नेगरि मैले काम गरेको छु।’सम्बोधनको क्रममा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै भने,‘समृद्ध नेपाल र सुखी नेपाली भन्ने मेरो नारामा भारतीय प्रधानमन्त्री मोदीजीको समर्थन छ । मधेशको सबै क्षेत्रमा विकास होस भन्ने मेरो चाहना छ, त्यसैले म मधेश आएको हुँ ।’मधेशमा सडकलगायत पूर्वाधार विकासमा आफू नेतृत्वको सरकारले विशेष ध्यान पुर्याउँदै आएको उनको भनाई छ ।

उनले भने,‘मधेशको सडकलगायत अन्य बाटाघाटाहरुको विकासमा ७० प्रतिशत बजेट यहीँ आउँछ ।’मधेशको समृद्धि र सम्पन्नता मुलुकसँग जोडिएको बताउँदै उनले भने,‘हाम्रो देशमा रेल, सडक, पानीजहाज सबै सम्भव छ । यी सबै कुरा म पूरा गरेर देखाउँछु । मधेश यसको प्रस्थानविन्दु हुनेछ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु