चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

गौसेवाको लागि काठमाडौंमा भव्य कथावाचन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३, आईतवार ०६:१२

काठमाडौं-नेपाल मारवाडी ब्राम्हण सेवा संघको आयोजनामा भव्य भागवत कथा वाचन भईरहेको छ । नेपालमा गौसेवा कार्यलाई व्यवस्थित रुपमा अगाडि बढाउन श्रावण ३१ गतेबाट शुरु भएको कथावाचन भदौ ८ गतेसम्म हुने भएको छ ।संगीतमय भागवत कथावाचन प्रसिद्ध कथावाचक व्याशाचार्य पं. मानवेन्द्र जी महाराजको मुखारविन्दबाट काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा भईरहेको छ ।

नेपालमा असहाय तथा वृद्ध गाईहरु संरक्षण र पालनपोषणका लागि भागवत वाचन कार्यक्रम आयोजना गरिएको नेपाल मारवाडी ब्राम्हण सेवा संघका अध्यक्ष राजेश शर्माले बताउनु भयो ।गौसेवा नेपालका अध्यक्ष नवरत्न दधिचीले— हिन्दु धर्म अनुसार गाईको आध्यात्मिक र साँस्कृतिक महत्व धेरै भएकोले गाईको संरक्षणका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि भागवत कथावाचन गरिएकोले दान गरेर र कथा श्रवण गरी पुण्य कमाउन समस्त भक्तजनहरुलाई आग्रह गुर्नहुन्छ ।

गौसेवा नेपालले काठमाडौंको सुन्ताखानमा गौसेवा आश्रम स्थापना गरी करिब ४० वटा गाई संरक्षण गरिरहेको छ । गौसेवाको लागि नेपाल मारवाडी ब्राम्हण सेवा संघ र गौसेवा नेपालमा विगत देखिनै विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष राजेश शर्माले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु