भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

निर्देशक धर्मात्माको स्मृतिमा ‘मिथिला सिने रत्न’ सम्मान घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३ गते, आईतवार १२:३७

काठमाडौं, २ भाद्र । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको स्मृतिमा “मिथिला सिने रत्न” नामक सम्मान पुरस्कार घोषणा गरिएको छ ।

शनिबार मधेश मिडिया हाउसमा मैथिली सिने संसार पत्रिकाले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा सो सम्मान पुरस्कार घोषणा गरिएको हो ।

सिने संसारका प्रकाशक तथा सम्पादक कमल मण्डलले सो सम्मान पुरस्कार पाँच हजार एक सय ११ रुपैयाँको रहेको श्रद्धाञ्जली सभा कार्यक्रममा जानकारी दिए । सो सम्मान पुरस्कारको राशी सिने संसारले आफ्नो तर्फबाट प्रत्येक वर्ष पत्रिकाको स्थापना दिवसको अवसरमा मधेशका एक जना उत्कृष्ट कलाकर्मीलाई दिइने प्रकाशक तथा सम्पादक मण्डलले घोषणा गरेका छन् ।

कार्यक्रममा वरिष्ठ शास्त्रीय संगीत गुरु तथा गायक गुरुदेव कामतले निर्देशक धर्मात्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैथिली कला क्षेत्रले एउटा होनहार युवा निर्देशक गुमाएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले मैथिली चलचित्र जगतमा धर्मात्माले दिएको योगदानको चर्चा समेत गरेका थिए ।

यसैगरी, श्रद्धाञ्जली सभा कार्यक्रममा साहित्यार विनीत ठाकुरले धर्मात्माको अल्पायुमै भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले धर्मात्माको निधनबाट मैथिली सिने जगतलाई ठूलो क्षति पुगेको भन्दै उनले गरेका कार्यहरु सदैव स्मरणीय रहने धारणा राखेका थिए ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव धर्मात्माको मंगलबार काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

श्रद्धाञ्जली सभा कार्यक्रममा तराई–मधेशका कलाकर्मीहरु हरिशंकर चौधरी, तनुजा चौरसिया, अञ्जली पटेल, कल्पना कुमारी चौधरी, इन्द्रदेव मण्डल, रामवली मण्डल, पुजा कुमारी सिंह, विनय यादव, नन्दी लाल यादव, अजय शर्मा, रामअवतार राय, लवकुमार चौधरी, बसन्ती सरदार, योगेन्द्र देव, रिजवान खान र इन्दु कुमारी चौधरीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा उपस्थित कलाकारहरुले सिने संसारले निर्देशक धर्मात्माको नाममा सम्मान पुरस्कार घोषणा गरेको प्रति सराहना गरेका थिए । उनीहरुले मधेशी कलाकर्मीहरुको यसप्रकारको सम्मान पुरस्कारबाट प्रोत्साहन मिल्ने धारणा राखेका थिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु