डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

अनुगमनमा अवरोध गरेको भन्दै कालीमाटीका तरकारी व्यवसायी प्रक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ४, सोमबार ०९:४१

काठमाडाैँ– अनुगमनमा अवरोध गरेको भन्दै कालीमाटी तरकारी तथा फलफूल ब्यवासायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी बिमल ढुंगानालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । विवाद बारे बुझ्न आपूर्ति मन्त्री मातृका यादव र प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको टोली कालीमाटी बजार गएको छ ।

बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति बिभागको टोलीलाई भित्र राखेर व्यापारीले अवरोध गरेका थिए । उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो । अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका थि ।

करिब एक दर्जनको संख्यामा रहेका अनुगमन टोलीलाई बजारमा रहेका चुल्ठे, मुन्द्रेको एक समूहले थुनेर राखेको बताइएको थियो। अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोधसमेत गरेको थियो । बिहान करिब ३ बजे कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोली अनुगमनका लागि पुगेको थियो ।

त्यहि क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको थियो । दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु