रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

विमानस्थलका कर्मचारीलाई कारवाही गर्न माग गर्दै पब्लिक ईनोभेटर ई. कंडेलले बुझाए पर्यटनमन्त्री अधिकारीलाई ज्ञापनपत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ५, मंगलवार १३:१७

काठमाडौं-पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रडार कर्मचारीलाई कारबाही गर्न माग गर्दै आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।सोमबार अपरान्ह सिंहदबारस्थित् मन्त्रालयमा पुगी कंडेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

त्रिभुवन विमानस्थलमा अवस्थित् राडारमा कार्यरत कर्मचारीले गलत सूचना दिएको पाईएकाले उनीहरुलाई सरकारले तुरुन्त कडाभन्दा कडा कानुनी कारवाही गर्नुपर्ने माग राख्दै उनले आज मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।त्रिभुवन विमानस्थलको धावन मार्गलाई तत्काल अन्र्तराष्ट्रियस्तरको बनाउनुपर्ने पनि कंडेलले ज्ञापनपत्रमार्फत माग गरेका हुन् । कंडेलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘यदि उक्त धावन मार्गलाई अन्र्तराष्ट्रिय स्तरको नबनाएसम्म त्रिभुवन विमानस्थलबाट कुनैपनि यात्रा नगर्न मेरो विनम्र अनुरोध छ ।’

जवाफमा मन्त्री अधिकारीले कंडेलले उठाएका मागहरु जायज रहेको बताउँदै आफूले अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गलाई आवश्यक सुधार गर्न टेण्डरसमेत प्रकाशित गरिसकेको जानकारी दिए ।उनले विमास्थलमा कार्यरत राडार कर्मचारीको लापारवाहीका कारण हालै घटेको उक्त घट्नाबारे आफूलाईपनि जानकारी भएको बताउँदै सरकारको ध्यानाकार्षण गराएकोमा कंडेललाई धन्यवाद समेत दिए ।
त्यस्तै हालै त्रिभुवन विमानस्थलमा भएको युएस बंगला विमान दुर्घट्नाको प्रतिवेदनपनि विलम्ब नगरी बाहिर ल्याउनको लागि कंडेलले मन्त्री अधिकारीसँग आग्रह गरेका छन् ।

ज्ञापनपत्रको पूर्णपाठसहित (अंग्रेजीमा)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु