रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

हरिवंशको स्वरमा ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ रिलिज

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६, बुधबार ०३:४०

काठमाण्डौको समस्यालाई उजागर गर्दै तयार पारिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘धुलोमाण्डु’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । यो गीतमा बुलेट फ्लो र हाँस्य कलाकार हरिवंश आचार्यको स्वर छ ।

लुजा सिंहले छायांकन गरेको चलचित्रमा भरत रेग्मीको सम्पादन, विज्ञान राइको लगानी छ । संगीता श्रेष्ठले यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । यो गीतमा काठमाण्डौको दैनिकीलाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीलाई फिचरिङ गरिएको छ ।चलचित्रले काठमाण्डौ भित्रको ३ फरक फरक कथालाई उठान गरेको छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत भिडियोका कारण चर्चामा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु