ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

नेल्टाको प्रदेश ५ को अध्यक्षमा लोकनाथ उपाध्याय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६, बुधबार ०५:३६

बुटवल-नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) को प्रदेश ५ को अध्यक्षमा लोकनाथ उपाध्याय चयन भएका छन् । प्रदेश नम्बर को प्रथम अधिवेशनबाट बुटवलमा रहेको न्यु होराईजन संस्थाका संस्थापक प्राचार्य उपाध्याय सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । नेपाल अग्रेजी भाषा शिक्षक एशोसियसन (नेल्टा) जिल्ला शाखाको आयोजना तथा केन्द्रिय सदस्य तारानाथ भट्टराईको संयोजनमा भएको भेलाले उपाध्याययको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले अन्तराष्ट्रिय सम्पर्क भाषाका रुपमा अग्रेजी भाषाको पहिचान बनाएको बताएका थिए । नेपाली शिक्षा सुधारको प्रण गर्दै अब अग्रेजी, गणित र विज्ञान विषयमा ध्यान दिने गरि अघि बढ्न सुझाव दिए । नवनियुक्त पदाधीकारीहरुको बरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद बस्याल, उपाध्यक्षमा दुर्गा प्रसाद पाण्डे, महासचिवमा कृष्णप्रसाद भट्टराई, सचिवमा अर्जून तिवारी तथा सदस्य सचिवमा देवीकुमारी गुरुङ्ग चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा घनस्याम भण्डारी, सदस्यहरुमा होमनाथ आचार्य, बिष्णु प्रसाद भट्टराई, ओम प्रकाश बिष्ट, यमराज शर्मा, चेतलाल चौधरी, सञ्जीव कुमार सिंघल, प्रभा क्षेत्री, अम्बीका चापागाईं र प्रेमकुमारी थापा चयन भएका छन् । सभामा प्राध्यापक लक्ष्मण ज्ञवाली, केन्द्रिय सदस्य होमराज खड्का, नेल्टाको जिल्ला अध्यक्ष लोकनाथ उपाध्यय लगायतले बोल्दै विश्वका अधिकाश उत्कृष्ट पुस्तकहरु अग्रेजीमा लेखिएकाले पनि यो भाषाको महत्व बढेको बताए । भेलामा ११ जिल्लाका ९० जना शिक्षकहरु सहभागि रहेका छन । कार्यक्रमको सञ्चालन नेल्टाका केन्द्रिय सदस्य तारानाथ भट्टराईले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु