दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुर्तीजन्य पदार्थविरुद्ध ऐन कार्यान्वयनको लागि मन्त्रालयहरुबीच समन्वयन हुनुपर्छ : डिआईजी श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६ गते, बुधबार ११:२७

काठमाडौं, ५ भदौ ।  नेपाल प्रहरीका नायव महानिरिक्षक राम प्रसाद श्रेष्ठले सुर्तीजन्य पदार्थविरुद्ध ऐन–२०६८ प्रभावकारी रुपले कार्यान्वयन गर्न विभिन्न मन्त्रालयहरुबीच समन्वयन हुनुपर्ने बताएका छन् ।
काठमाडौंस्थित् नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा मंगलबार संचालित एक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । डिआईजी श्रेष्ठले नेपाल प्रहरी सुर्तीजन्य पदार्थ रोकथामको लागि पूर्ण प्रतिबद्ध रहेको पनि विश्वास दिलाए ।
उनले नेपाल प्रहरी केन्द्र, संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रतिबद्ध भएको कुरा स्पष्ट पारे ।
किशोरकिशोरीहरुले सुरुमा सुर्तीजन्य पदार्थको सेवन गरेतापनि कालान्तरमा लागुपदार्थको सेवन गर्ने कुरा अनुशन्धानले देखाएको श्रेष्ठले सुनाए । उनले भने,‘यसले गर्दा समाजमा शान्ति तथा सुरक्षा स्थापना गर्नको लागि चुनौती खडा भएको छ ।’
त्यस्तै कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ, वातावरणीय प्रभाव र अस्वस्थकर खानपिननै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताए ।
डाक्टर पौडेलले नेपाल प्रहरीले मादक पदार्थ नियन्त्रणमा ठुलो सफलता हासिल गरेकोमा धन्यबाद दिँदै सुर्तीजन्य पदार्थ रोकथामको लागिपनि नेपाल प्रहरीको ठुलो भुमिका हुने धारणा राखे ।
फ्रान्सको पछिल्लो एक वर्षमा १० लाख मानिसहरुले सुर्तीजन्य पदार्थ त्यागेर विश्वलाई पाठ सिकाएको स्मरण गराउँदै डाक्टर पौडेलले नेपाललेपनि यस्ता कुराको अनुशरण गर्नुपर्ने कुरा बताए ।
स्वास्थ्य मन्त्रालयका कानून उप–सचिव पुष्कर नेपालले नेपालमा स्थिर सरकार बनेपछि सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी रुपमा कार्यक्रम गर्न लागिएको जानकारी दिए ।


उनले अनुसार स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विभिन्न निकायहरुसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि प्रभावकारी योजना संचालन गरिने पनि विश्वास दिलाए ।
नेपालले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०६८ को बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थ रोकथामको लागि जनचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नुपर्ने धारणा राखे ।
उनले जनचेतनाको कारणले गर्दा विकसित देशमा मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहेको र रोग लाग्नुभन्दा पहिलेनै सतर्कता अपनाएकोले रोगको उपचार खर्च कम हुने र उपचारको प्रभावकारी हुने स्पष्ट पारे ।
क्यान्सरजस्तो रोग रोकथामको लागि सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रम अतिनै आवश्यक भएको पनि उनले बताए । साथै, नागरिक समाजलेपनि सरकारका विभिन्न निकायसँग सहकार्य गरेर सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्नुपर्नेबारे उनको जोड थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु