काठमाण्डौं–सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईले तीजको मौलिक गीत नारी त यस्तो होस भन्छु बजारमा ल्याएका छन् । आफ्नै लय तथा शब्दमा रहेको उक्त गीतमा सन्तोष बजगाई र बर्षा सिल्वालको संयुक्त आवाज रहेको छ ।
गीतको भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिले अभिनय गरेका छन् । नारीलाई लक्ष्मी सम्झीएको गीतलाई नारीवादि गीतको रुपमा लिईएको छ । नारी बादी र मौलिक गीत भएकाले गीत र भिडियोलाई सवैले माया गर्ने गायक बजगाईले आशा गरेका छन् । आफुलाई गायक भन्दा पनि सञ्चारकर्मी भन्न रुचाउने सन्तोष सञ्चारकर्मी साथी र दर्शक तथा श्रोताबाट निकै आशाबादी रहेका छन । उनले यस अघि पनि गीत संगित बजारमा ल्याएका थिए । भिडियो सहित