भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

‘भाइरल’ गायक अशोकको मात्र होइन, अशोकको घरको पनि गाउँभर चर्चा चुलिँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ६ गते, बुधबार ११:१३

झापा- बाल गायक अशोक दर्जीको चर्चा दिनदिनै बढेर गएको छ । अहिले अशोकको मात्र होइन उनको चिटिक्कको घरको गाउँभर चर्चा हुने गरेको छ । अहिले अशोकको घर गाउँकै नमूना घर बनेको स्थानीय बताउँछन् ।बाल गायक अशोक दर्जीको परिवारलाई उक्त घर एक कार्यक्रमबीच हस्तान्तरण भइसकेको छ । दमक नगरपालिका–२ मा अशोक परिवारका लागि चार कोठाको पक्की घर निर्माण गरिएको छ । करीब २५ लाखको लागतमा घर निर्माण गरिएको गायक तथा संगीतकार टंक बुढाथोकीले जानकारी दिएका छन् ।

जस्तापाताको छाना भएको पक्की घर निकै आकर्षक बनाइएको छ । घरमा टायल बिछ्याइएको छ । जिब्सनको सिलिङ लगाइएको छ । ढोकाहरू आकर्षक डिजाइनका छन् । भान्साघर आधुनिक डेकोरेशनसहितको बनाइएको छ । अशोक, उनको बुबा आमा र सिटिङ रुम छुट्टाछुट्टै तयार गरिएको छ । साउन्ड सिस्टमसहितको ४३ इन्चको एलइडी टीभी जडान गरिएको छ । प्रत्येक कोठामा वाल फेन । किचनमा फ्रिज । सोफा, दराज, टि–टेबलसहित दर्जीको घरलाई आकर्षक रूपमा सजाइएको छ ।अति विपन्न परिवारका दर्जी ५ महिनाअघि सडकमा गीत गाएर हिंड्थे । तर, उनले गीत गाएको युटुब च्यानलहरूमा भाइरल भएपछि अहिले अशोकको चर्चा चुलिएको हो । गायक तथा संगीतकार बुढाथोकीसँग गाएको उनको पहिलो गीत ‘धन बिनाको मन ठूलो कि मन बिनाको धन…’ चर्चित बन्यो ।

उक्त गीत युटुबमा अहिलेसम्म एक करोड ४१ लाख ९८ हजारभन्दा बढीले हेरेका छन् । २६ हजार ६ सय कमेन्ट र २ लाख ४२ हजारले लाइक गरेका छन् । अशोककै स्वर तथा मूर्तिकार मञ्जुल मितेरीको शब्द र संगीत रहेको ‘झिलमा फूलु…’ बोलको उनको दोस्रो गीत दुई साताअघि मोरङको उर्लाबारीमा सार्वजनिक गरिएको थियो । उक्त गीत पनि १४ लाख ४८ हजारले हेरिसकेका छन् ।सुमधुर स्वरका धनी बाल गायक अशोक युटुबमा गीत गाएर भाइरल बनेपछि उनको नाममा देश–विदेशबाट लाखौं सहयोग प्राप्त भएको छ । उक्त सहयोग रकमबाट अशोकको घर निर्माण गरिएको हो । सामान्य मजदुरी गरेर परिवारको दुई छाक टार्दै आएका अशोकका बुबा पूर्ण दर्जी छोराका कारण आफूहरूको अवस्था परिवर्तन भएकोमा खुशी छन् । यता अशोक काठमाडौंको तीनकुनेस्थित एपोलो इन्टरनेशनल स्कुलमा कक्षा १ मा पढ्दै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु