स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

गायक तथा सङ्गीतकार मदन सिंहको आधुनिक गीति संग्रह रेलिमाई रेलिमाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ७, बिहीबार ०७:२९

सन्तोष बजगाई, काठमाण्डौं–गायक तथा सङ्गीतकार मदन सिंहको आधुनिक गीति संग्रह रेलिमाई रेलिमाई बजारमा आएको छ । यसअघि पनि राष्ट्रिय गीतहरु देखि आधुनिक गीतसम्ममा उहाँका थुप्रै गीतहरुले श्रोताहरुको मन जितिसकेको छ ।

एल्वम रेलिमाई रेलिमाई भित्र संग्रहित गीतहरुमा यो हावा यो लहर, आशाले, जाँदैछु, सुनसान रात, जोवन गयो, सेती दोभान लगायतका दश ओटा गीतहरु समावेश गरिएको छ ।

गायक तथा सङ्गीतकार सिंहलाई स्वरमा सुक्मित गुरुङ, सपना श्री लगायतले साथ दिएका छन् भने जोवन गयो बोलको गीतमा पाण्डप सुनुवारको समेत आवाज सुन्न सकिन्छ ।


एल्वमा संग्रहित गीतहरुमा शुभबहादुर सुनाम, राकेश अबजशी, राम सिंह, लक्ष्मी जोशी, गोमशकुमार आचार्य तथा उहाँ स्वयंले समेत संङ्गीत भर्नु भएको छ त्यस्तै सरोज अर्याल, मञ्जु शर्मा, राकेश अवजशी, सुवासचन्द्र ढुङ्गेल, किराँत जे.वी. राई लगायतले शव्द सिर्जना गर्नुभएको छ ।

गायक तथा सङ्गीतकार सिंहले यो एल्वमलाई रिमेक गरि बजारमा ल्याउनु भएको हो । यस एल्वममा संग्रहित रेलिमाई बोलको गीत सर्वाधिक चर्चित गीतपनि होे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु