तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

प्रहरीद्वारा कञ्चनपुरमा गोली प्रहार, ४ घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ७, बिहीबार ०८:५०

काठमाडौं ।

बलात्कार पछि हत्या भएकी कञ्चनपुरी निर्मला पन्तको वास्तविकता लुकाउन खोजको भन्दै स्थानियबासीको आन्दोलनमा प्रहरीले गोली प्रहार गरको छ । गोली प्रहारबाट चार जना घाईते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनमा रहेका प्रदर्शनकारीहरुले ढुङ्गा मुढा गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ । घाईतेहरुको महाकाली अञ्चल अस्पलात कञ्चनपुरमा उपचार भईरहेको छ । घाइते मध्ये १६ वर्षीय अर्जुन भण्डारकाे अवस्था गम्भीर रहेकाे जनाएकाे छ । तिर्थ पनेरु र सन्ताेष भट्ट लगायतका स्थानिय प्रर्दशनकाे क्रममा घाइते भएका हुन् ।

हत्या भएको २८ दिन सम्म आईपुग्दा सम्म पनि निर्मलाका वास्तविक बलात्कारी हत्यारा पत्ता लगाउन नसकेको भन्दै स्थानियहरुले बिहिबार बिहानैदेखी अान्दाेलन चर्काउदै अार्इरहेका थिए।

प्रहरीले निर्मला हत्यामा संङलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रुप लिएको हो ।

नेपाल प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले निर्मला हत्याका मुख्य अभियुक्त भनिएका विष्ट मानसिक रुपमा ठिक नभएको भन्दै प्रहरीले बास्तविक हत्यारा लुकाउन खोजेको स्थानियको आरोप रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु