संघाई समूहले करोडौको शेयर हडपेको र हिसाबमाग्दाउल्टै धम्काएकोे पीडित अग्रवालको आरोप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ७ गते, बिहीबार १३:००

काठमाडौं, ७भदौ । सिद्धार्थ ग्यास उद्योग प्रा.लि.का शेयरधनी रमेशकुमार अग्रवालले आफूलाई सञ्चालक समितिकाअध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउनमागगर्दा उल्टै धम्कीदिएको गुनासो पोखेका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमापत्रकार सम्मेलनगर्दै पिडित अग्रवालले यस्तो गुनासो पोखेकाहुन् । बिगत छ वर्षदेखि सञ्चालनगर्दै आएको उक्तउद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उननले जनाए ।
आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममाभएको उद्योग अहिले पनिनाफामारहेको पीडित अग्रवालको दाबी छ ।
तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाबमाग्दायत्तिकै हडप्न खोजीधम्काएको अग्रवालले आरोप लाएका छन् । पीडित अग्रवालले भने,‘मैले मेरो भागमाभएको हिसाबकिताबचाहियो भनेर अनुनय–बिनयगर्दा उल्टै कम्पनीको नाममाथप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यहीकारणले म शारिरीकअपाङगभएको छु ।’
अग्रवालले यसको निम्तिन्यायमाग्न सम्बन्धितनिकायपुग्दाकतैबाटपनिन्यायनपाएको दुःखेसोसमेत पोखेका छन् । उनले भने,‘म आफ्नो शेयरको हिसाबकिताबखोजाई पाउँभनेर वाण्ज्यि तथाआपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापनतथाउपभोक्ताहित संरक्षण विभाग, राजश्व अनुसन्धानविभाग, अख्तियार दुरुपयोग अनुसन्धानआयोग, उपभोक्ताहित संरक्षण मञ्च, नेपालउद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपीग्यास उद्योग एशोशिएसनलगायतअन्यनिकायसमक्षधाएँ तर कतैबाट न्यायपाईन् ।’
सबै निकायलाई संघाई समूहले आफ्नो प्रभावपारेको बताउँदै अन्तिमविकल्प मिडिया नै भएको जनाउदै अग्रवालले न्यायको लागि सबैसमक्ष अनुरोध गरेका छन् ।


श्री आदरणिय पत्रकारज्यू
सर्वप्रथम त म सामान्यव्यवसाय गरेर जिविकाचलाउदै आएको कुरा अवगत गराउन चाहान्छु । यसै क्रममाव्यवसायी रामचन्द्र संघाईसँग चिनजानहुनपुग्यो । प्रसंगवश संघाईले हामीमिलेर काम गरौं भन्ने सल्लाहबमोजिम २०६८ सालमाकर्जा लिएर सिद्धार्थ ग्यास उद्योग प्रा.लि.मा मैले म लगायत मेरो परिवारको सदस्यको नाममा २५ प्रतिशत शेयर खरिद गरें । ५० प्रतिशत संघाई समुहको र बाँकी सुभाषकुमार खेतानको नाममा २५ प्रतिशत रहेको सिद्धार्थ ग्यास उद्योग निकै सफल रुपमा सञ्चालनहुदै आएको छ । सञ्चालक समितिमाअध्यक्ष रामचन्द्र संघाई, सुभाषकुमार खेतान र म रमेशप्रसादअग्रवाल रहीकाम–कारवाहीगर्दै आएकाथियौं । कम्पनीको नाममाअहिले पनि करोडौंको चल–अचल सम्पती रहेको छ । तर, ०६९ सालबाट संघाई समूहले एकलौंटी रुपमा सञ्चालनगर्दै आएको मात्र छैन, मेरो हरहिसाब देखाउनबारम्बार आग्रहगर्दासमेत उल्टै गलहत्याउने प्रयास गरेको छ । संघाई समुहले मनोमानीगर्दै आएको छ । सञ्चालक समितिको बैठक विना नै अध्यक्षमावीरेन्द्रकुमार संघाईलाई वनाइएको छ भने गैरकानुनि रुपमाबनाएकाअध्यक्षको हस्ताक्षरबाट हालआएर कम्पनीको नाममाथप शेयर हाल्नपत्र काटिएको छ । पहिलाहालेको शेयर नै असुरक्षितभइरहेको अवस्थामाथप शेयर हाल्ने आर्थिक अवस्थामसँग छैन । पहिलाहालिएको त्यही शेयरको हिसावचाहियो भनेर अनुनयविनयगर्दा संघाई समूहले त्यत्तिकैै हडप्न षड्यन्त्रका साथमलाई पेल्दै आइरहेको छ । म आफ्नो शेयरको हिसाव–कितावखोजाई पाउँभनेर वाणिज्य तथाआपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापनतथाउपभोक्ताहित संरक्षण विभाग, राजश्व अनुसन्धानविभाग, अख्तियार दुरुपयोग अनुसन्धानआयोग, उपभोक्ताहित संरक्षण मञ्च, नेपालउद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्टारको कार्यालय, एलपीग्यास उद्योग एसोसियसन, आन्तरिक राजश्वविभाग, नेपालआयलनिगम, केन्द्रीय अनुसन्धान व्यूरोलगायत सम्वन्धितविभिन्ननिकायमा पटक–पटक धाएँ । तर, मैले अहिलेसम्मकतैबाट न्यायपाउन सकिन । अझभनौ संघाई समूहको साम, दाम, दण्ड, भेद सवै प्रयोग गर्ने गरेकाले सवै निकायउसका अगाडि निरिह बने । त्यसैले राज्यको चौंथो अंगपत्रकारिताजगतको कदमबाटमात्रै मैले न्याय पाउँछु भन्ने पूर्ण विश्वासका साथयहाँहरुसमक्षविनम्र अनुरोध गर्न आएको छु ।
पीडित
रमेशकुमार अग्रवाल
रानीअग्रवाल (श्रीमती)
अनुज्ञाअग्रवाल (छोरी)
मिति २०७५÷०५÷७

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु