तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ७, बिहीबार १४:२८

नयाँदिल्ली, ६ भदौ – वरिष्ठ भारतीय पत्रकार कुलदीप नायरको ९५ वर्षको उमेरमा नयाँदिल्लीस्थित अस्पतालमा निधन भएको छ । उहाँको आजै दाहसंस्कार गरिने बताइएको छ ।

सन् १९९० मा बेलायतस्थित भारतीय उच्चायुक्तको कार्यालयमा समेत सेवा गर्नुभएका नायर सन् १९९७ मा भारतीय राज्यसभाको सदस्यमा मनोनित हुनुभएको थियो ।

नायरको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँ महान बौद्धिक व्यक्तित्व रहेको बताउनुभयो । “कुलदीप नायर हाम्रो समकालीन पुस्ताका भिमकाय बौद्धिक व्यक्तित्व हो । आफ्ना विचारमा स्पष्ट र निडर श्री नायरको कृतित्व दशकौंसम्म सम्झना भइरहनेछ । श्री नायरले आपतकालका विरुद्ध तथा राम्रो भारतका लागि व्यक्त गर्नुभएको प्रतिबद्धता अनन्तकालसम्म स्मरणीय रहनेछ ।”

सन् २०१५ मा नायरलाई पत्रकारिताका क्षेत्रमा गरेको योगदानको स्मरणमा रामनाथ गोयन्का एक्सिलेन्स अवार्डको अठारौं संस्करणका अवसरमा “लाइफटाइम एचिभमेन्ट अवार्ड” प्रदान गरिएको थियो । उहाँका समसामयिक राजनीतिक तथा पत्रकारिता विषयमा १५ वटा पुस्तक प्रकाशित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु