काठमाडौं, ८ भदौ । वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो ।
वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् ।
उनले भने,‘हाम्रो समूहले लामो समय र मेहनतपछि यो काम गर्नेमा पुगेका हौं, घट्स्थापनाको दिन शिलान्यास गरेर तीन वर्षपछि दशैको दिनमा स्काईवाकको उद्घाटन गर्नेछौं ।’
उनले अघि थपे,‘मुलकका धेरै स्थानहरु अवलोकन गर्यौं तर राजधानी भन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन, त्यसैले राजधानीको कमलादीमा १३.२ रोपनी जग्गामा बन्नेछ, लागत २ सय करोड लाग्ने छ ।’
सरकारको तर्फबाटपनि उचित साथ पाएको बताउँदै प्रा.ली.का अध्यक्ष पोखरेलले भने,‘यस कार्यका लागि सरकारी तवरबाट राम्रो सहयोग पाएका छौं, अन्य क्षेत्रबाट पनि हामीले साथ पाएका छौं, तीन वर्षभित्र निर्माण कार्य पूरा हुन्छ, २३ वर्षको लागि जग्गा लिजमा लिईसकेका छौं, यस स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने हामीले अपेक्षा लिएका छौं।’
त्यस्तै कार्यक्रममा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार गजेन्द्र थपलियाले बिदेशबाट स्वदेश फर्केका यूवाहरुले गर्न लागेका राम्रा काममा सञ्चारमाध्यायमले साथ दिनुपर्ने बताए ।
विदेश पुगेरपनि स्वदेशमा केही गर्नुपर्छ भन्ने यूवाहरुलाई साथ दिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाई छ । उनले भने,‘देख्दा भर्खरकै यूवाजस्ता लागेपनि अनुभव र ज्ञान विशाल छ, हाम्रो टोलीको गहन अध्ययन र मुलुकलाई चिनाउने अर्को एक प्रयासलाई समयमै निर्माण गरेर देखाउनेमा हामी प्रतिवद्ध छौं ।’
उनले अघि थपे,‘राष्ट्रको गौरवशाली आयोजनामध्ये योपनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्तपनि उक्तिकै छौं ।’
वन्डर्स नेपालका संस्थापकहरुमा आकर्षण पोखरेलसहित लोकनाथ अधिकारी, विष्णु काप्री, खेमराज न्यौपाने, गजेन्द्र थपलिया, तेजबहादुर सिंह, बिन्दावासिनी गैरे र लक्ष्मी पुरी रहेका छन् । मितिः २०७५÷०५÷०८
‘प्रेस विज्ञप्ती’
विश्वको विभिन्न कुनामा छरिएर रहेका नेपाली युवाहरुको आफ्नै देशमा केहि नयाँ, केही फरक अनि केही आश्चर्यजनक तथा आकर्षक काम गरि देशलाई विश्वसामु चिनाउने र अरुभन्दा अलग देखाउने सोच अनरुप Wonders Nepal को स्थापना गरिएको हो ।
नेपाल प्राकृतिक सुन्दरताका हिसावले त आफैमा एउटा स्वर्गको टुक्रा हो । यहाँको प्रकृतिसंग रम्न वर्षेनि लाखौँ पर्यटकहरु नेपाल भ्रमणको लागि आउने गर्छन । हामीसंग प्रकृतिले दिएको सुन्दरता बाहेक मानवनिर्मित कुनै आश्चर्यजनक र सबैको आहा भन्न लाएक संरचना समेत भएका खण्डमा देशको पर्यटन विकासमा अझै टेवा पुग्ने देखिन्छ । यसै सोच अनुरुप Wonders Nepal ले Canada, USA लगाएत देशमा अत्यन्तै सफल मानिएका SKYWALK निर्माण गर्ने अभियानमा हामी जुटेका छौं ।
के हो त SKYWALK ?
संसारमा धेरै प्रकारका SKYWALK हरु चलन चल्तिमा छन् । दुइवटा अग्ला पहाड वा भवनलाई पुलको माध्यमबाट जोडेर काचको पारदर्शि भाग क्प्थ्ध्ब्ीप् हो । पहरा वा अप्ठ्यारो भिरमा वा अग्लो विल्ङ्गिमा केहि भाग बाहिर निकालेर निर्माण गरिने Cantilever SKYWALK यसको अर्को प्रकार हो ।
जमिनभन्दा निकै माथि कांचमा हिड्दाखेरी जमिनतिर हेर्दा आकाशमा हिडेको जस्तो अनुभव गर्न सकिने भएकोले Skywalk भनिएको हो । Wonders Nepal ले विगत ३ वर्षदेखि नेपालका विभिन्न करिव १० ठाउँमा SKYWALK को निर्माण र सम्भावनावारे अध्ययन अनुसन्धान गर्दै अन्त्यमा काठमाण्डौको कमलादिमा SKYWALK TOWER निर्माण गर्न लागिएको छ । उक्त SKYWALK TOWER निर्माणको लागि सो स्थानमा १३.२ रोपनी जग्गा लिज सम्झौता गरि लिइएको छ । यो Skywalk South Asia (दक्षिण एसिया)कै पहिलो र एक नमुना क्पथधबपि बन्नेछ भन्ने कुरामा हामी पुर्ण रुपमा विस्वस्त छौँ । निर्माण प्रक्रिया सुरु गरेको ३ वर्षभित्र Skywalk Tower को निर्माण सम्पन्न गरिसक्ने लक्ष्य Wonders Nepal को रहेको छ । देशको पर्यटन बिकास र प्रवद्र्धनमा यो क्पथधबपि एउटा कोशेढुङ्गा बनोस् भन्ने चाहना Wonders Nepal ले लिएको छ ।
राष्ट्रकै गौरवशालीे योजनामध्यको एक यो योजनामा सम्पुर्ण बिकाशप्रेमी नेपालीहरुलाई यो योजना निर्माण पश्चात सगरमाथा अनि बुद्को देश संगै Skywalk Tower ले पनि नेपालको परिचय थप फराकिलो बनाउने कुरामा हामी विश्वस्त छौं ।
WONDERS NEPAL का संस्थापकहरुः
१. आकर्षण पोखरेल
२. लोकनाथ अधिकारी
३. बिष्णु काप्री
४. खेमराज न्यौपाने
५. गजेन्द« थपलिया
६. तेज बहादुर सिंह
७. बिन्दावासिनी गैरे
८. लक्ष्मी पुरी
अध्यक्ष
आकर्षण पोखरेल