ककनि । पासाङल्हामु राजमार्ग अन्तर्गत सडक खण्डको ककनी गा पा १ ओखरपौवा गल्छिमा पहिरोको कारण सडक अबरुद्ध हुँदा दिनहु सयौं यात्रीहरुले सकस बोक्नु परेका छन। यात्रीहरु बीच बाटोमा अलपत्र पर्दा पनि यस बारे भने सम्बन्धित निकाय भने बेखवर जस्तो देखिन्छ । यहाँ दिनहुुँ यसरी यात्रीहरु अलपत्र पर्दा पनि न जनप्रतिनिधिले चासो दिए नत सरोकारवाला निकायले चासो दिए ? यहाँ कसैले पनि चासो नदिएको कुरा नाम नबताउने सर्तमा स्थानीय एक ब्यक्तिले बताउछन । यस मार्ग भएर अहिले पनि दैनिक सरदर साना ठूला गरी २०० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।
-नरेन्द्र तामाङ थिङ्ग, नुवाकोट