ककनी गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्री दिपेश तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु शंकर नेपाली, राधिका लामा, वडा सदस्य मिनु तामाङ नेपाली लगायत भवानी मा वि का शिक्षक भुन बहादुर खत्री, ई. प्रहरी कार्यालयका प्रतिनिधि धर्मराज भेटुवालको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्दर्भमा ककनी गा पा उपाध्यक्ष एवं न्यायिक समितिका संयोगक सीता खतिवडा लामाले उक्त मेलमिलाप केन्द्रका लागि आवश्यक ब्यवस्थापन मिलाउने र न्यायीक समितिमा आएको विवादहरु पनि मेलमिलाप केन्द्रको सहकार्यमा समाधान गर्दै लैजाने जानकारी गराउनु भएको छ ।
दिगो शान्तिका लागि उन्नत सम्बन्धको नारा लिएर प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालद्वारा संचालित उक्त कार्यक्रमले समुदायमा फाटेको मन सिलाएर गाउँ गाउँमा पुगेको छ ।
र जिल्ला कार्यक्रम संयोगक सिताराम पौडेलले यस संस्थाको गतिविधि र समाजमा पुर्याउदै आएको सेवा बारे बिस्तृत रूपमा जानकारी गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ककनि गा पा वडा ४ का वडा अध्यक्ष दिपेश तामाङले मेलमेलाप संयोगकलाई सदैब जनताको हितको लागि कसैलाई पनि पक्षपात नगरी काम गर्न आग्रह गर्नु भएको छ ।