काठमाडौँ – उत्तर कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्ट्रेशन फेस्टिबल २०१८ का सहभागीलाई शनिबार बिदाई गरिएको छ।
नेपालका राष्ट्रिय तेक्वान्दो डेमोस्ट्रेशन टोलीलाई बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, उपमेयर रमादेवी राई, वडाध्यक्षहरू नवराज भट्टराई, राजु अधिकारी, शम्भु भट्टराई, मिठराम अधिकारी, तथा समाजसेवी अक्कलबहादुर तामाङ लगायतले विदाइ गरेका हुन्।
प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा १६ जना सहभागी रहेको उक्त टोलीलाई डब्लु भिएएन नेपालको सक्रियतामा लोयल्टी इन्टरनेशलन एकेडेमीले ट्रयाकसुटको प्रायोजना गरेको छ।